काठमाडौं– पाकिस्तानका पूर्वसूचना मन्त्री फवाद चौधरीले देशले सामना गरिरहेको सबै समस्याको हल निर्वाचन मात्रै रहेको बताएका छन्।
पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव खारेज गर्ने विषयमा आफ्नो फैसला सुनाउनु अघि उनले उक्त कुरा बताएका हुन्।
‘अदालतको निर्णयलाई वास्ता नगरी देशले सामना गरिरहेको सबै समस्याको एक मात्र समाधान हुने भएकाले देश नयाँ निर्वाचनतर्फ जानुपर्छ,’ उनले भने।
यता, पाकिस्तानको निर्वाचन आयोगले ९० दिनमा निर्वाचन सम्भवन नभएको बताएको छ। पाकिस्तानी राष्ट्रपतिले निर्वाचनको तयारी गर्नका लागि दिएको निर्देशनको जवाफमा आयोगले प्रतिक्रिया दिएको हो।
आयोगले निर्वाचन गराउनका लागि कम्तिमा पनि चार महिना चाहिने बताएको छ। आयोगले निर्वाचनको सबै प्रक्रिया र निर्वाचन क्षेत्रका विषयमा निर्णयहरु गर्न समय लाग्ने जनाएको छ।
पाकिस्तानी राष्ट्रपति आरीफ अल्वीले बुधबार आयोगलाई आम निर्वाचनको मिति प्रस्ताव गर्दै तयारी थाल्न निर्देशन दिएका थिए।
यसअघि पाकिस्तानी प्रधानमन्त्री खानको सिफारिसमा संसद् विघटन गरेका राष्ट्रपतिले ताजा जनादेशमा जाने निर्णय गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।