काठमाडौं– युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसमाथिको प्रतिबन्ध थप कडा बनाउन पश्चिमी देशहरूलाई फेरि आग्रह गरेका छन्।
जेलेन्स्कीले पश्चिमी देशहरूलाई तेलमा प्रतिबन्ध लगाएर र रुसी बैंकहरूलाई अन्तर्राष्ट्रिय वित्त प्रणालीबाट बाहिर निकालेर रुसलाई न्यायको कठघरामा ल्याउन आह्वान गरेका छन्।
जेलेन्स्कीले ग्रीसको संसद्मा यस्तो टिप्पणी गरे। वास्तवमा, युरोपेली संघले रूसी कोइलामा प्रतिबन्धको प्रस्ताव गरिरहेको छ, तर रूसी ऊर्जामा धेरै निर्भर रहेका केही सदस्य देशहरूले यस प्रस्तावको विरोध गरिरहेका छन्।
हालसालै प्रतिबन्ध प्रस्तावमा तेल र ग्यासमा समावेश गरिएको छैन।
रोयटर्सको रिपोर्टका अनुसार जेलेन्स्कीले भनेका छन्,‘युरोपलाई आर्थिक र ऊर्जा संकट देखाएर ब्ल्याकमेल गर्नेहरूले सधैं हार्छन्। हामी इमान्दार बनौं, किनकि सुरुदेखि नै रुसको कारबाही युक्रेनविरुद्ध मात्र नभएर युरोपविरुद्ध पनि भएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।