काठमाडौं– भारतको आन्ध्र प्रदेशको जगनमोहन रेड्डी सरकारका सबै मन्त्रीले राजीनामा दिएका छन्। प्रदेशमा नयाँ मन्त्रिपरिषद् गठनका लागि उनीहरुले राजीनामा दिएका हुन्।
मुख्यमन्त्री रेड्डीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले राजीनामा दिने निर्णय गरेको हो। त्यसपछि पूरै मन्त्रिपरिषद्ले राजीनामा दिएको थियो।
रेड्डी आफ्नो क्याबिनेटमा नयाँ अनुहार समावेश गर्न चाहन्छन् र लगभग हरेक जिल्लाबाट प्रतिनिधित्व चाहन्छन्।
राज्यको सत्ता सम्हालेपछि मात्रै उनले आफ्नो कार्यकालमा मन्त्रीमण्डल हेरफेर गर्ने संकेत दिएका थिए। सन् २०१९ मा रेड्डीले आन्ध्र प्रदेशको मुख्यमन्त्रीको पदभार ग्रहण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।