काठमाडौं– महानगरीय अपराध महाशाखाको टोलीले बैंकिङ कसुर मुद्दाका २ जना जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा झापाको गौरादह नगरपालिका–५ का ५० वर्षीय उपेन्द्रप्रसाद ढुंगाना र नुवाकोटको शिवपुरी गाउँपालिका–३ का ३१ वर्षीय राजु भण्डारी छन्। उनीहरुलाई दुई छुट्टा–छुट्टै घटनामा पक्राउ गरिएको महाशाखाका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले बताए।
ब्रजेश कुमार नायकको जाहेरीले ढुंगाना पक्राउ परेका हुन्। ढुङ्गानाले नायकलाई १७ लाख रुपैयाँ बराबरको चेक दिएका थिए। तर, पर्यात्प रकम नभएको भन्दै चेक नसाटिएपछि उनीविरुद्ध बैंकिङ कसुरको जाहेरी परेको थियो। उच्च अदालत विराटनगरबाट ढुंगानाविरुद्ध पक्राउ पूर्जी जारी भएपछि उनलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय दमक पठाइएको महाशाखाले जनाएको छ।
भण्डारी भने उच्च अदालत पाटनबाट गत वैशाख २९ गते ७ लाख २ हजार ५ सय रुपैयाँ जरिवना सुनाइएका फरार प्रतिवादी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।