काठमाडौं- संयुक्त राष्ट्र संघको महासभामा रूसलाई मानवाधिकार परिषदबाट हटाउनका लागि अमेरिकी प्रस्तावमाथि मतदान हुने भएको छ।
बिहीबार ४७ सदस्य रहेको मानवाधिकार परिषदबाट कुनै पनि देशलाई बाहिर पठाउनका लागि दुई तिहाई बहुमतको आवश्यकता पर्नेछ। ति देशको गणना हुने छैन जो भोटिङमा समावेश हुने छैनन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार २०११ मा लिबियाको प्रदर्शनकारीका साथ तत्कालीन तानाशाह मुअम्मर गद्दाफीका बफादर सेनाको हिंसापछि मानवाधिकार परिषदबाट निलम्बित गरेको थियो।
पश्चिमी देशका अधिकारीलाई १९३ सदस्य भएको महासभामा मस्कोलाई निलम्बित गर्न पर्याप्त समर्थन रहेको बीबीसीले जनाएको छ।
अहिले तयार गरिएको प्रस्तावमा 'यूक्रेनमा मौजूदा मानवीय र मानवाधिकार संकटका विषयमा चिन्ता व्यक्त गरिएको छ।'
यस प्रस्तावमाथि चर्चा गर्दै संयुक्त राष्ट्र संघमा अमेरिकी राजदूत लिंडा थोमस ग्रिनफिल्डले बिना जबाफदेही यस्तो गर्न नदिने बताएका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार रूसका सदस्य देशलाई यस प्रस्तावको समर्थनमा भोट गर्न या भोटिङबाट दूरी बनाउने 'गैर मित्रता' मानिने र यसले सम्बन्धित देशसँगको द्विपक्षीय सम्बन्धमा पनि असर पर्ने छ।
युक्रेनमाथि रूसले २४ फेब्रुअरीमा आक्रण गरेको थियो। युक्रेनले रूसको सैनिकमाथि बुचा सहरमा सयौं नागरिकलाई मारेको आरोप लगाएको थियो। त्यसपछि अमेरिकाले रुसलाई मानवअधिकार परिषदबाट हटानका लागि प्रस्ताव लैजाने बताएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।