काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङको दोर्दी गाउँपालिका हिले बजारमा एक्सटेन्सन काउन्टर सञ्चालन गरेको छ।
हिले बजारमा आयोजित एक कार्यक्रमबीच दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ र उपाध्यक्ष दिलबहादुर घलेले संयुक्तरुपमा काउण्टरको उद्घाटन गरेका हुन्।
हिले बजारमा एक्सटेन्सन काउन्टर सुरु भएसँगै बैंकका एक्सटेन्सन काउन्टरहरुको संख्या ५० पुगेको छ।
बैंकले हाल देशभर २८८ शाखा, २७४ शाखारहित बैंकिङ सेवा, २५६ एटीएम तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत २८ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।