काठमाडौं– नेपाली बजारमा भिभोले ‘वाई’ सिरिजका नयाँ स्मार्टफोन ल्याउने तयारी गरेको छ। युवा प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले ‘वाई३३ एस’ र ‘वाई०१’ बजारमा ल्याउन लागेको हो।
फुल एचडी रेजोलुसनसहित ६.५८ इन्चको डिस्प्ले रहेको फोन एन्ड्रोइड ११ मा आधारित फनटच अपरेटिङ सिस्टममा चल्छ। यो फोनमा अधिकतम ८ जीबी ¥याम हुनेछ, जसमा भर्चुअल रूपमा थप ३ जीबी ¥याम थप्न मिल्ने जनाइएको छ।
साथै कम्पनीले १२८ जीबी इन्टर्नल स्टोरेजको सुविधा दिएको छ।
वाई३३एस मा ५० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ। जसमा फोटोग्राफर, कन्टेन्ट क्रियटर र सामाजिक सञ्जाल प्रयोगकर्ताले सम्भव भएसम्मका हरेक पल कैद गर्नसक्ने कम्पनीले जनाएको छ।
अल्ट्रा–क्लियर शटहरू लिन तथा दिन र रातमा फोटो खिच्न फोनमा मल्टिपल शुटिङ मोड पनि उपलब्ध गराइएको छ।
साथै फोनमा २/२ मेगापिक्सेलका म्याक्रो र डेप्थ क्यामेरा छ। सेल्फी पारखीका लागि १६ मेगापिक्सेलको क्यामेरा छ।
यो फोनमा ५ हजार एमएएच क्षमताको ब्याट्री दिइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।