काठमाडौं– सिद्धार्थ बैंक लिमिटेडले बाँसबारी क्लबलाई सहयोग गरेको छ। बैंकले शहिद स्मारक बि डिभिजन फुटबल प्रतियोगितामा सहभागी क्लबलाई चार लाख रुपैयाँको प्रायोजन गर्ने सहमति गरेको छ। बैंकका प्रमुख भ्याली रिसोर्सेस प्रदीप पन्त र बाँसबारी क्लबका अध्यक्ष प्रेम थापाले उक्त सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
खेलाडीहरुको हितलाई मध्यनजर गर्दै बैंकद्वारा सो रकम खेलाडीहरुको खेल तयारी र आवश्यक खेल समाग्री खरिद गर्न क्लबलाई प्रदान गरिएको हो।
बैंकले विगतदेखि नै विभिन्न खेल तथा खेलकुद आयोजनाहरुमा सहभागिता जनाउँदै आएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।