काठमाडौं– सर्लाही गोली प्रहार गरी एक भारतीय नागरिकको हत्या गरिएको छ। जिल्लाको मलंगवा नगरपालिका–९ मा बुधबार साँझ भारतीय नागरिकमाथि गोली प्रहार भएको थियो।
गोली लागेर गम्भीर घाइते भएका भारतको सोनबर्सास्थित विष्णुपुर नगरनिगमका ३५ वर्षीय इन्दल महतोको मलंगवास्थित अस्पतालमा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रविण पोखरेलका अनुसार मोटरसाइकलमा आएका व्यक्तिले महतोमाथि गोली प्रहार गरेका थिए।
मंलगवास्थित कृष्णामति विद्यालयको पछाडि महतोमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ। गोली प्रहार गरेका व्यक्ति भारततर्फ भागेको सूचना प्राप्त भएको एसपी पोखरेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।