फाइल तस्बिर
काठमाडौं– भारतमा कोरोना भाइरसको ‘एक्स ई’ भेरियन्टको एक संक्रमित फेला परेको छ। ‘एक्स ई’ ओमिक्रोन भेरियन्टको बिए १ र बिए २ को मिश्रण भएको बताइन्छ।
भारतमा यस भेरियन्टको पहिलो संक्रमित भेटिएका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार संक्रमित मुम्बईका हुन्।
मंगलबार मुम्बईमा २३० नमूना परीक्षण गरिएको थियो। जसमध्ये २२८ ओमिक्रोनबाट संक्रमित थिए। यस्तै, एकमा ‘एक्स ई’ र अर्कोमा काप्पा भेरियन्ट फेला परेको हो।
‘एक्स ई’ भेरियन्टबाट संक्रमित व्यक्तिमा कुनै गम्भीर लक्षण देखिएको छैन। भारतमा ओमिक्रोन भेरियन्टको प्रभाव डेल्टाको जस्तो देखिएन।
अहिले पनि भारतमा दैनिक झण्डै एक हजार कोरोना संक्रमण थपिइरहेका छन्। कुल मृत्यु हुनेको संख्या पाँच लाख २१ हजार नाघेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।