काठमाडौं– रुसले भोकलाई आफ्नो देश कब्जा गर्ने हतियारको रुपमा प्रयोग गरिरहेको युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन्।
आयरल्याण्डको संसद्लाई भिडियो सम्बोधन गर्दै जेलेन्स्कीले रूसी क्षेप्यास्त्रहरूले अस्तित्वका लागि आवश्यक चीजहरू नष्ट गरिरहेको बताएका छन्।
अनुवादकमार्फत् आयरल्याण्डको संसद्लाई सम्बोधन गर्दै उनले रुसी सेनाले युक्रेनी बन्दरगाह र जहाजहरू अवरुद्ध गरेको बताए। यहाँबाट युक्रेनले विश्वभर खाद्यान्न र अन्य खाद्यान्न निर्यात गर्छ।
जेलेन्स्कीले भने,‘युक्रेन कृषि उत्पादन र खाद्य वस्तुहरूको प्रमुख उत्पादक हो। तर, रुसको यो कारबाहीका कारण विश्वभर खाद्यान्न र अन्य बस्तुको अभाव हुनसक्छ। यससँगै विश्वभरका करोडौं मानिसका लागि यी चीजहरू महँगो हुनेछन्। भोक हाम्रो विरुद्धमा उनीहरू (रूस)को लागि हतियार हो। आम जनतामाथि हावी हुने औजार बनेको छ।’
जेलेन्स्कीले आयरिश राजनीतिक नेताहरूलाई युक्रेनमा आक्रमण रोक्न रुसविरुद्ध थप कडा प्रतिबन्धहरू लगाउन अन्य युरोपेली संघ (ईयू) देशहरूलाई मनाउन आफ्नो प्रभाव प्रयोग गर्न आह्वान गरेका छन्।
रुसमाथिको प्रतिबन्धबारे छलफल गर्न आज बुधबार ईयूको अर्को बैठक बस्दैछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।