काठमाडौं– रूसले युक्रेनमा गरेको आक्रमणपछि जारी युद्धका कारण ७१ लाखभन्दा बढी युक्रेनी आन्तरिक रुपमा विस्थापित भएकोसंयुक्त राष्ट्रसंघले जनाएको छ। उनीहरु आफ्नो घर छाडेर भागेको तर देशमै रहेको राष्ट्रसंघको भनाइ छ।
संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रबासनसम्बन्धी संगठन (आइओएम)ले मार्च १६ मा जारी गरेको पहिलो अध्ययनमा अनुमानित ६४ लाख ८० हजार आन्तरिकरूपमा विस्थापित व्यक्ति रहेको बताइएको थियो।
रूसले फेब्रुअरी २४ मा यूक्रेनमा आक्रमण गरेपछि लाखौं मानिसहरू आफ्नो घर छोडेर भागेका छन् ४२ लाख भन्दा बढी यूक्रेनी विदेश पलायन भएका छन्।
आईओएमले मार्च २४ देखि अप्रिल १ बीच आफ्नो दोस्रो सर्वेक्षण गरेको थियो र शुक्रबारसम्म युक्रेनभित्र ७१ लाख ३८ हजार ७१५ जना आन्तरिक रूपमा विस्थापित भएको अनुमान गरिएको छ । यसमध्ये ५९ प्रतिशत महिला रहेको अनुमान छ।
झन्डै २४ लाख मानिसहरू किभ क्षेत्रबाट भागेको अनुमान गरिएको छ भने २४ लाख यूक्रेनको पूर्बी क्षेत्र र १७ लाख उत्तरी क्षेत्रबाट विस्थापित बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।