काठमाडौं– उदयपुरमा विद्यालय जाँदै गरेकी एक किशोरी बाटैमा मृत भेटिएकी छिन्।
बेलका नगरपालिका–३ स्थित कोशी जनता मावि रामपुरमा कक्षा १० मा अध्ययनरत छात्रा कविता सुनुवार बाटैमा मृत भेटिएकी हुन्।
सुनुवारको हत्या भएको आशंका गरिएको छ। मंगलबार बिहान विद्यालयमा अतिरिक्त कक्षा लिन भनेर जाँदै गरेकी सुनुवारको यसोदा खोलामा शव भेटिएको हो।
घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने भन्दै सुनुवार अध्ययनरत विद्यालयले विज्ञप्ति समेत निकालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।