• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

पर्यावरणमैत्री 'दीगो नेपाल' : ३० हजारको लगानी, १ लाखसम्म कमाइ

64x64
धनु विश्वकर्मा आइतबार, चैत २७, २०७८  ०७:०४
1140x725

काठमाडौं— रजनी गुरुङ गणेशमान सिंह कलेजमा ‘सोसल वर्क’ विषय लिएर स्नातक तह अध्ययनरत् थिइन्। पहिलो वर्ष उनी ‘इन्टर्नसिप’का लागि ‘डेज फर गर्ल्स’ संस्थामा पुगेकी थिइन्। उक्त संस्था किशोरीहरूको विषयमा काम गर्थ्यो।

तीन महिना इन्टर्नसिप गर्नुपर्थ्यो। तर, उनले ६ महिना गरिन्। त्यसपछि त्यहीँ काम पाइन्। साथीहरू जागिरको खोजीमा भौतारिइरहेका बेला उनले आकर्षक तलब पाएकी थिइन्। आफ्नै पैसाले भाइबहिनी पढाउन थालिन्। सहयोग पुग्न थालेपछि परिवार पनि दङ्ग थियो।

त्यही संस्थामा बर्दियाकी अन्जना मल्ल र ललितपुरकी महालक्ष्मी श्रेष्ठ पनि काम गर्थे। खाजा खाने र अन्य खाली समयमा उनीहरू भविष्यमा गर्ने कामबारे छलफल गर्थे। त्यही ‘चिया गफ’बाट नयाँ संस्था ‘दीगो नेपाल’को अवधारणा जन्मियो। किनभने, उनीहरू अन्य संस्थामा जागिर खानेभन्दा पनि आफैं केही नयाँ काम गर्न चाहन्थे।

दीगो नेपालमार्फत नेपाललाई दीर्घकालीन रूपमा पर्यावरणमैत्री बनाउने लक्ष्य राखे। आफू कार्यरत संस्थाबाट विभिन्न ठाउँ घुम्दा गरेको अवलोकन र बटुलेको अनुभवले निकै टेवा पुग्यो। पहिला त प्लास्टिक पुनःप्रशोधन गर्ने व्यवसाय चलाउने सोच बनाएका थिए। तर, त्यसका लागि महंगो मेसिन खरिद गर्नुपर्ने भयो। उनीहरूसँग ठूलो लगानी थिएन।

पुनःप्रशोधन गर्ने संस्था अरु पनि थिए। यस्तो अभियानबाट दीर्घकालीन रूपमा प्लास्टिकका सामग्रीको विकल्प खोज्न पनि सकिँदैन थियो। त्यसैले नयाँ र फरक कामबारे सोच्न थाले। अनि, प्लास्टिकको विकल्पमा बाँसका सामग्री तयार पारेर बेच्ने योजना बनाए।

उनीहरू बाँसबाट बनेका ब्रस, ब्याग, कागजको कलम, काइँयो, कलमदानी, लुफाह बडी स्क्रबर, लुफाह ब्याक स्क्रबर, लुफाह डिश वाश स्क्रबर, मास्क, चकटी, रोटी राख्ने बास्केट आदि सामग्री बनाउँछन्। हप्ताको एक दिन विभिन्न व्यापारिक मल र क्याफेमा बाँसका ती सामग्रीको स्टल राख्छन्।

त्यति मात्र नभइ उनीहरू वातावरणीय समस्याबारे सचेतना प्रदान गर्ने र पर्यावरणमैत्री विकल्पबारे छलफल गर्ने पनि गर्छन्। अहिले आफूहरूले गरिरहेको काम समुदायमार्फत गर्ने लक्ष्य राखेको रजनी बताउँछिन्। ‘हामीले गरेको कामबाट दीर्घकालीन रुपमा फोहोर व्यवस्थापनमा पनि टेवा पुग्छ। यसले स्वरोजगारलाई बढावा दिन्छ। प्लाष्टिकका सामग्री प्रयोगमा रोक लगाउने अभियान तत्कालै हुने काम होइन,’ उनले भनिन्।

Ncell 2
Ncell 2
nimb
nimb

उनीहरूले दीगो नेपालका लागि कार्यलय स्थापना गरेका छैनन्। आ–आफ्नो कोठामा काम गर्छन् र त्यहीँबाट छलफल गर्छन्। अहिले आफूहरू तीनै जनाको जीविका यसैबाट चलेको उनको भनाइ छ।

रजनी अहिले पूर्ण रूपमा दीगो नेपाललाई समय दिइरहेकी छिन्। अन्जना भने स्नाकोत्तर अध्ययन गर्दै बाँकी समय काम गर्छिन्। उता महालक्ष्मीले घरायसी काममा लाग्ने समयबाहेक दीगो नेपालका लागि काम गर्छिन्। उनीहरू अनलाइनबाट पनि उपभोक्तासँग जोडिएका छन्। अनि, मागअनुसार सामग्री बनाएर पुर्‍याइदिन्छन्।

बाँसको सामग्री बनाएर सन् २०२० मार्चबाट बेच्न सुरु गरेका थिए। तर, महंगो सामग्री सबैले किन्न सक्दैन थिए। त्यसो हुँदा उद्देश्य पनि पूरा हुँदैन थियो। त्यसैले स्थानीय रूपमा पाइने सामग्रीलाई प्रयोग गर्ने निर्णय गरे।

त्यस बेलासम्ममा रजनी र अञ्जनाले जागिर छाडिसकेका थिए। महालक्ष्मी भने पुरानै संस्थामा थिइन्। नयाँ व्यवसाय सुरु गर्नका लागि उनीहरूले १० हजारका दरले रकम जुटाए। ‘हामी तीन जना नै ठूलो लगानी गर्न सक्ने अवस्थामा थिएनौँ। हाम्रो सोच पनि ठूलो लगानी गर्ने नभएर सानो लगानीबाट सचेतना फैलाउने र विकल्प दिने भन्ने हो,’ रजनी भन्छिन्।

त्यही बेला कोरोना महामारी सुरु भयो। व्यवसाय गर्न गाह्रो भयो। जागिर छाडिसकेका थिए। ‘अब हामीसँग यो काम छाडेर अरु केही गर्ने विकल्प पनि थिएन। अनि, हामीले हिम्मत गरेर काम थाल्यौँ,’ रजनी भन्छिन्।

उनीहरूले बाँसको काम गर्न जान्ने एक जना महिला कामदार राखेर विभिन्न सामग्री उत्पादन गर्न थाले। सुरुमा त महिनाको ५ देखि १० हजार रुपैयाँ मात्र कमाउँथे। तर, बिस्तारै प्रचार हुन थाल्यो। प्रचारका लागि फेसबुक र इन्स्ट्राग्रामलाई प्रयोग गरे। पेज खोलेर त्यहाँ सबै जानकारी राख्न थाले। बिस्तारै बिक्री बढ्न थाल्यो।

अञ्जनाको घर बर्दियातिर बाँसहरू त्यतिकै खेर गइरहेको थियो। उनले त्यहाँका थारु महिलासँग सहकार्य गर्न थालिन्। बनाउने सामग्रीको नमूना भने दीगो नेपालले नै दियो। त्यहाँका महिलाले बास्केट र रोटी राख्ने हटकेस बनाउने गरेका छन्। त्यहाँबाट १४ महिला दीगो नेपालसँग जोडिएर काम गरिरहेका छन्।

उताका महिलाले घरको काम सकेपछि बाँकी समयमा बाँसका सामग्री बनाउने गरेको अञ्जना बताउँछिन्। भक्तपुरमा भने पुरुष कामदार पनि छन्। कतिपय कृषक पनि यसमा जोडिएका छन्। कृषकहरूले दीगो नेपाललाई घिरौँलाको जालो उपलब्ध गराउँछन्।

दीगो नेपालमा आंशिक र पूर्णकालीन गरेर १८ जनाले रोजगारी पाइरहेका छन्। सिर्जनात्मक कलाकार दुई जना छन्। उनीहरूले बाँसका विभिन्न डिजाइन बनाउने र त्यसलाई आकर्षक रूप दिने गरेका छन्। 

अहिले उनीहरू बाँसका बाहेक अन्य संस्थासँगको सहकार्यमा विभिन्न सामग्री बनाउँछन्। उनीहरूले नारी नेपाल, धातु नेपाल र ब्याम्बो ब्रान्डसाग सहकार्य गरेका छन्। महिनाको एक लाखसम्म कमाइ हुन थालेको छ।

कुनै बेला दीगो नेपाल सुरु गर्ने उद्देश्यले जागिर छाड्दा रजनीले परिवारलाई जानकारी दिएकी थिइनन्। गैरसरकारी संस्थाको राम्रो जागिर छाडेकोमा परिवारका सदस्य रिसाउँछन् भन्ने डर थियो। ‘मैले जागिर छाडेको एक वर्षसम्म पनि परिवारलाई थाहा थिएन,’ उनी भन्छिन्, ‘अहिले त परिवारमा सबै खुसी छौँ। आफू रोजगार हुनु मात्र ठूलो कुरा होइन, हामीले अरुलाई पनि काम दिएका छौँ। अझ पर्यावरणमैत्री काम गरिरहेका छौँ, यो झनै ठूलो कुरा हो।’

प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
भोटेकोशी बाढी : ग्राउण्ड जीरोमा गोल्याण फाउण्डेशन, खानादेखि मनोपरामर्शसम्म होल्डिङ सेन्टरमा देवीघाट क्षेत्रका ६८ घरपरिवार रहेका छन् । ती परिवारका सदस्यसहित आसपासका बासिन्दासमेत गरी दैनिक करिब ४ सय जनाका लागि... बुधबार, भदौ १७, २०८३
बाबुआमा फर्किने आशाले थामिएकी छिन् पामु मंगलबार नेपालको सबैभन्दा ठूलो शैक्षिक अस्पतालको परिसरमा देखिएको पामुको पीडा अपवाद थिएन। सयौं मानिस आफ्ना बेपत्ता बुबा, आमा, श्रीमान... बुधबार, भदौ १७, २०८३
आफन्तको खोजीमा भौतारिदै बाढी प्रभावित, हालसम्म ‘अत्तोपत्तो’ छैन बाढीपछि बेपत्ता आफन्तको खोजीमा काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा आइपुगेकी धादिङ गंगाजमुना—४ की रमीता बस्नेत बाँनियाले बाढीपछि मानस... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
बाढी प्रभावित क्षेत्रमा ३ हजार ९२५ जनाको हवाई उद्धार, टनेलमा खोजी जारी बुधबार, भदौ १७, २०८३
वनस्पति घ्यू–तेल उत्पादक संघद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्