काठमाडौं– रूसले आफूविरुद्ध रहेका देशका नागरिकलाई भिसा जारी नगर्ने आदेशपत्रमा हस्ताक्षर गरेको छ।
युक्रेनमा आक्रमण गरेको विषयमा रूसमाथि अमेरिका, क्यानाडासँगै विभिन्न युरोपेली मुलुकहरूले आर्थिक प्रतिबन्ध लगाएको प्रत्युत्तरमा रूसले उक्त कदम चालेको जनाएको छ।
उक्त आदेशपत्र सोमवारदेखि नै लागू भएको छ। आदेशपत्रअनुसार रूसले नर्वे, स्विट्जरल्यान्ड, डेनमार्क र आइसल्यान्डलगायत केही युरोपेली राष्ट्रका नागरिकलाई भिसा जारी नगर्ने भएको हो।
गत महिना रूसी सरकारले मैत्रीपर्णू नरहेका मुलुकहरूको सूची सार्वजनिक गरेको थियो। त्यसमा अमेरिका, क्यानडा, बेलायत, युरोपेली संघका मुलुक र युक्रेन लगायतका राष्ट्र रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।