काठमाडौं– रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा युरोपले रुसी ग्यास आयातमा कटौती गर्नु प्रत्युत्पादक हुने जर्मनीले बताएको छ।
जर्मनीका वित्त मन्त्री क्रिश्चियन लिन्डनरले ईयूले तत्काल रूसी ग्यास आयातमा कटौती गर्न सम्भव नभएको बताएका हुन्।
इन्धन कटौतीको निर्णयले रूसमा भन्दा पनि युरोपलाई यसले बढी हानी गर्ने भएकाले यो सम्भव नभएको उनले बताए।
लक्जेमबर्गमा आफ्ना युरोजोन समकक्षीसँग वार्ताका लागि आएका लिन्डनरले प्रतिबन्धका नाममा ग्यास रोक्न नहुने बताएका हुन्।
‘हामीले रुससँग सबै आर्थिक सम्बन्ध कटौती गर्नुपर्छ। तर, अहिले ग्यास आपूर्ति कटौती गर्न सम्भव छैन,’ उनले भने,‘यसका लागि हामीलाई थप केही समय चाहिन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।