• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन
गाउँको सिंहदरबार

भक्तपुर नगरपालिकाको ‘नमूना’ काम : सम्पदा पुनर्निर्माण, स्वास्थ्य, शिक्षा र सुशासनमा अब्बल

64x64
धनु विश्वकर्मा बुधबार, चैत ३०, २०७८  १२:५६
1140x725

काठमाडौँ— नगरपालिका राष्ट्रिय महासंघले प्रकाशित गरेको एक प्रतिवेदनमा सम्पदा पुनर्निर्माण, पर्यटन र सुशासनमा भक्तपुर नगरपालिका अब्बल रहेको उल्लेख छ। यसबाट पनि २०७४ सालको स्थानीय तह निर्वाचनपछिका पाँच वर्षमा भक्तपुरले गरेको कार्यप्रगतिबारे संकेत मिल्छ।

भक्तपुर नगरपालिका सांस्कृतिक सम्पदाले धनी छ। तर, २०७२ सालको भूकम्पले यहाँका मठमन्दिर र सांस्कृतिक सम्पदामा पनि क्षति पुर्‍याएको थियो। ती सम्पदा पुनर्निर्माणमा भक्तपुर नगरपालिकाले उल्लेख्य प्रगति गरेको छ। 

भक्तपुर नगरपालिकाले नारा नै ‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ राखेको छ। यो नाराले पनि भक्तपुरको विशेषता स्पष्ट बनाएको छ। यो नगर काठमाडौं उपत्यकाको पुरानोमध्येको एक सहर हो।

त्यही पुरानो सांस्कृतिक नगरमा पछिल्लो पटक नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति मेयरमा निर्वाचित भए। उनले आफ्नो कार्यकालमा भक्तपुर नगरलाई ‘नमूना’ बनाएका छन्। नगरपालिकाले सम्पदा पुनर्निर्माणसँगै सरसफाइ र वातावरण संरक्षणलाई महत्त्व दिएर काम गरेको मेयर प्रजापति बताउँछन्।

उनी भन्छन्, ‘भक्तपुर पर्यटकीय नगर हो। यहाँ पर्यटकलाई आइरहने बनाउन हाम्रा सम्पदा, संस्कृति र भेषभुषा संरक्षित हुनुपर्छ। त्यसका साथै हामीले सरसफाइ र वातावरण संरक्षणलाई प्राथमिकतामा राखेर काम गरेका हौँ।’

मेयरमा निर्वाचित भएपछि प्रजापतिले सांस्कृतिक सम्पदा र पर्यटकीय गन्तव्यको संरक्षण तथा पुनर्निर्माणमा काम थाले। भुकम्पले विध्वंश गरेका सम्पदालाई पुरानै स्वरुप दिन र संरक्षण गर्न निकै चुनौती थियो। 

यसरी भयो भुकम्पपछि सम्पदा पुनर्निर्माण
भुकम्पले भक्तपुर नगरका आठ हजार घर भत्केका थिए। १२५ वटा ऐतिहासिक र सांस्कृतिक सम्पदा पनि भत्केका थिए। यी सम्पदाको पुनर्निर्माण गर्नु भक्तपुर नगरपालिकाका लागि चुनौती थियो। मेयर प्रजापतिले यी सम्पदा पुनर्निर्माणलाई पहिलो प्राथमिकतामा राखे। 

‘भक्तपुर ऐतिहासिक र सांस्कृतिक सम्पदाले भरिएको पर्यटकीय नगर हो। यी सम्पदा जोगिए मात्र पर्यटक आउँछन्। नगरपालिकालाई आम्दानी बढ्छ,’ उनले भने। अहिले पनि वार्षिक तीन लाख जति पर्यटक भक्तपुर आउने नगरपालिकाले जनाएको छ। जसमध्ये सार्क र चीनका पर्यटकले ५०० र अन्य विदेशीले १ हजार ५०० रुपैयाँको टिकट तिर्नुपर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

भक्तपुरका सम्पदा पुनर्निर्माण नगरे ती पर्यटकलाई आकर्षण गरिरहन समस्या थियो। भक्तपुर नगरपालिकाले पाँच वर्षमा ११८ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न गरेको छ। सात वटा निर्माणाधीन छन्। भक्तपुर दरवार स्क्वायरका अधिकांश मन्दिर, ५५ झ्याले दरबार, तथा पार्टीपौवाहरूको पुनर्निर्माण सकिएको नगरपालिकाले जनाएको छ। 

काठमाडौंको रानीपोखरीभन्दा जेठो भक्तपुरको रानीपोखरी पनि नगरपालिकाले पुनर्निर्माण गरेको छ। यो पोखरी ५०० वर्ष पुरानो हो। पुनर्निर्माण प्राधिकरणका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली नेतृत्वको इन्जिनियरहरूको समूहले रानीपोखरी नगरपालिका आफैंले पुनर्निर्माण गर्न सुझाव दिएपछि मेयर प्रजापति अघि बढेका थिए।

सम्पदा पुनर्निर्माणमा विदेशी अनुदान फिर्ता
सम्पदा पुनर्निर्माणको काम भक्तपुर नगरपालिकाले आफ्नै स्रोतबाट गरेको हो। पुनर्निर्माणका लागि जर्मन सरकारले दिने भनेको १ अर्ब २० करोड रुपैयाँ अनुदान नगरपालिकाले अस्वीकार गरेको थियो। 

भक्तपुर नगरपालिकालाई सम्पदा पुनर्निर्माणमा सहयोग गर्ने सम्बन्धी प्रस्तावमा जर्मन सरकार र नेपाल सरकारबीच सम्झौता भएको थियो। उक्त रकममा जम्मा १० वटा सम्पदा पुनर्निर्माण गर्नुपर्ने जर्मनीको सर्त थियो। त्यसबारे अध्ययन गरेपछि भक्तपुरले सहयोग अनुदान नै नलिने निर्णय गरेको थियो।

मेयर प्रजापति भन्छन्, ‘अरुको सर्तमा बसेर, विदेशीले दिएको पैसामा सम्पदा पुनर्निर्माण गर्न हामीले अस्वीकार ग¥यौँ। उसले दिने भनिएको जति पैसामा त हामीले यहाँका सबै सम्पदा पुनर्निर्माण गरेर देखायौँ।’ आफूहरूले देशकै कालिगढ, सीप र इन्जिनियर प्रयोग गरेर सम्पदा पुनर्निर्माण गरेको उनले बताए। सबै सम्पदा उपभोक्ता समितिको सहयोगमा निर्माण भएका हुन्। 

जमर्नीको सहयोग फिर्ता दिँदा भक्तपुरकै बुद्धिजीवीले भक्तपुर भग्नावेशमै रहने चिन्ता व्यक्त गरेका थिए। ‘जनताको सामु गएर ती सम्झौताबारे प्रष्ट पार्‍यौँ। जनतालाई सहयोग गर्न आह्वान गरेपछि चार हजार २०० नागरिकले श्रमदान गरे। ७ लाख रुपैयाँ बराबरको जिन्सी सामान संकलन भयो। जनताले नै १६ करोड पैसा उठाए,’ उनले भने।

सम्पदा क्षेत्रमा ठेकेदार प्रथा बन्द
ठेकेदारहरू नाफामुखी नै हुने मेयर सिजापतीको तर्क छ। त्यसैले भक्तपुरले ठेकेदारबाट नभइ उपभोक्ता समितिबाट काम गराउने गरेको छ। ‘कानुनअनुसार १ करोड रुपैयाँसम्मको बजेट भए उपभोक्ताद्धारा काम गराइन्छ। पुनर्निर्माणका २ करोडसम्मका काम पनि उपभोक्ताबाट गराइयो,’ उनले भने, ‘ठेकेदारलाई दिँदै नदिने होइन, तर गुणस्तरीय काम भएन र समयमा नै सकिएन भने जरिवाना तिराउने गरेका छौँ।’

सम्पदा पुनर्निर्माण ठेकेदारलाई दिएर नाफामुखी तरिकाले काम गराउन नसक्ने उनको भनाइ छ। भक्तपुर दरवार स्क्वायरअगाडिको गेटमा ठेकेदारले लापरबाही गरेपछि भत्काएर फेरि पुरानै शैलीमा बनाउन लगाइएको मेयर प्रजापतिले बताए। 

भक्तपुरमा खेतीयोग्य जमिन कम भए पनि किसानको संख्या उल्लेख्य छ। नगरपालिकाले किसानलाई बीउ वितरण गर्ने गरेको छ। किसानलाई तालिम दिने, माटो परीक्षण गर्ने जस्ता काम पनि नगरपालिकाले गरिरहेको छ। कौसीखेतीका लागि वडा कार्यालयहरूबाट तालिम दिइन्छ। 

प्रत्येक वडामा व्यायमशाला, सामुदायिक विद्यालयमा सुधार
नगरपालिकाले प्रत्येक टोलमा व्यायमशाला निर्माण गरेको छ। ‘सबै मान्छे पैसा तिरेर व्यायमशाला जान सक्दैनन्। त्यसैले हामीले नागरिकलाई स्वस्थ बनाउन आफैंले व्यायमशाला बनाइदियौँ,’ प्रजापतिले भने। विभिन्न टोलमा ३० वटा व्यायमशाला निर्माण गरिएका छन्। त्यहाँको रेखदेख टोलकै स्थानीयले गर्छन्। 

भक्तपुर नगरपालिकामा १० वटा वडा छन्। प्रत्येक वडाका सामुदायिक विद्यालय र कजेललाई स्तयरीय बनाइएको छ। यहाँका सामुदायिक र निजी विद्यालयमा फरक नभएको मेयर प्रजापतिको भनाइ छ। सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यममा नै पठनपाठन गराइन्छ। इतिहास, भूगोल र संस्कृति भने नेपाल भाषामा पढाइ हुन्छ। त्यसका लागि चालीस जना शिक्षकलाई रन्जना लिपिको प्रशिक्षण दिइएको छ।

नगरको स्वामित्वमा सात वटा विद्यालय सञ्चालनमा छन्। त्यहाँ ७७ जिल्लाका सात हजार विद्यार्थी पढ्छन्। देशकै उत्कृष्टमध्येको एक सामुदायिक विद्यालय बागेश्वरी मावि यहीँ पर्छ। 

गरिब परिवारका विद्यार्थीलाई शैक्षिक ऋणको व्यवस्था छ। यस्तो ऋण वडा कार्यालयको सिफारिस अनुसार ५ लाख रुपैयाँसम्म दिइन्छ। गत वर्ष ११९ जना विद्यार्थीलाई ऋण उपलब्ध गराइएको थियो भने यो वर्ष १०४ जनाले लिएका छन्। 

भक्तपुर नगरपालिकाले ख्वप कलेजलाई विश्वविद्यालय बनाउने योजना बनाएको छ। ख्वप इन्जिनियर कलेजमा ५० प्रतिशत स्थानीय विद्यार्थी छन्। नगरपालिकाले मेडिकल कलेज सञ्चालनको योजना पनि बनाएको छ। तर, प्रा.डा. गोविन्द केसीले उपत्यकामा अबको १० वर्षसम्म कुनै पनि मेडिकल कलेज र विश्वविद्यालय स्थापना गर्न नहुने माग राखेर अनसन बसेपछि भक्तपुर नगरपालिकाको यो योजना अघि बढ्न सकेको छैन।

८० रुपैयाँमा विशेषज्ञ जाँच, घरघरमा नर्सिङ सेवा
मेयरमा निर्वाचित भएर आएको १०० दिनमा नै प्रजापतिले घरघरमा नर्सिङ सेवा सुरु गरेका थिए। बिरामीको विवरण संकलन गरेर नगरपालिकाले नियुक्त गरेका नर्स घरमै गएर सेवा दिने गरेका छन्। प्रत्येक वडामा स्वास्थ्य सेवा र खोप केन्द्र छन्। यी केन्द्रमा १८ विशेषज्ञसहित ३५ जना चिकित्सक छन्। ८० रुपैयाँमा नै विशेषज्ञ सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ। सामान्य जाँचको लागि ५० रुपैयाँको टिकट काट्नु पर्छ।

नगरपालिकाले ख्वप अस्पताल सञ्चालन गरिरहेको छ। यो अस्पताल २५ शैय्याको हो। यहाँबाट दैनिक ६०० बिरामीले सेवा लिइराखेको नगरपाकिलाले जनाएको छ। कोभिड महामारीको बेला नगरपालिकाले १०० शैय्याको छुट्टै कोभिड अस्पताल पनि सञ्चालन गरेको थियो। कोभिडको समयमा सरकारले २० वटा मात्र सिलिन्डर दिएपछि आफैंले प्लान्ट स्थापना गरेर दैनिक १२० वटा सिलिन्डर उत्पादन गरेको थियो।

आर्थिक अवस्था कमजोर भएका बिरामीलाई वडाको सिफारिसमा १५ हजार रुपैयाँ उपलब्ध गराइन्छ। भक्तपुर अस्पताललाई कुनै बेला ‘रिफर गर्ने अस्पताल’ भनिन्थ्यो। तर, स्थानीय सरकार आएपछि यसलाई सुधार गरिएको छ। 

भक्तपुर नगरपालिकाले अरु धेरै काम गरेको छ। हरेक योजनालाई पारदर्शी बनाइएको मेयर प्रजापति बताउँछन्। यहाँको आम्दानी र खर्चको विवरण जोसुकै नागरिकलाई पनि जानकारी दिन सकिने उनको भनाइ छ।

प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  १२:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्