१. इन्धन मूल्यवृद्धिको मारबाट जोगाउन सवारी साधनमा जोर–विजोर प्रणाली लागू गर्न आयल निगमको प्रस्ताव, सवारी साधनको प्रयोग घटाउन हप्तावमा दुई दिन सरकारी बिदा दिन सुझाव । (आयल निगमको प्रस्ताव)
२. स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकता र अवस्थाका आधारमा गठबन्धन गर्ने कांग्रेसको निर्णय, चुनावी कमान्डरको जिम्मा उपसभापति खड्कालाई, 'नहट्ने' र 'नअट्ने' विवादले गठन भएन संसदीय समिति । (गठबन्धनका पक्षमा कांग्रेसको निर्णय)
३. अनावश्यक 'भ्युटावर' बनाउने काममा चौतर्फि आलोचना भइरहेको बेला एमाले अध्यक्ष ओलीले लिए 'भ्युटावर' अवधारणाको अपनत्व, एमालेको सरकार नबनेको भए भ्युटावर बनाउने सोच नआउने दाबी । (ओलीले लिए भ्युटावर अवधारणाको अपनत्व)
४. आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा औषधी अभावका कारण अस्पतालमा रोकिए पूर्वनिर्धारित शल्यक्रिया, आकस्मिक शल्यक्रियाहरू मात्रै गर्ने निर्णय, सहयोगका लागि भारतीय विदेश मन्त्रीद्वारा चासो व्यक्त । (श्रीलंका संकट)
५. र, अन्तर्राष्ट्रिय त्रिकोणात्मक टी–२० सिरिजमा मलेसियाको जित, पपुवा न्यू गिनी ८ रनले पराजित, जारी प्रतियोगितामा दुई खेल खेलको पपुवा न्यू गिनी जितविहीन । (पपुवा न्यू गिनीको दोस्रो हार)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।