• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन
गाउँका सिंहदरबार

कमल गाउँपालिकाका पाँच वर्ष : कृषि र पूर्वाधारमा जोड, बेरुजु कम गर्ने नमुना स्थानीय तह

64x64
धनु विश्वकर्मा सोमबार, चैत १४, २०७८  ०९:२६
1140x725

काठमाडौं– पछिल्लो स्थानीय तह निर्वाचनमा झापाको कमल गाउँपालिका अध्यक्षमा निर्वाचित हुँदा नै मेनुका काफ्लेले चर्चा कमाएकी थिइन्। उनको जित स्पष्ट मतान्तरमा भएको थिएन। नेकपा (एमाले)बाट उम्मेदवार बनेकी काफ्ले र नेपाली कांग्रेसका उम्मेदवार हुकुमसिंह राईले बराबर मत पाएका थिए।

दुवैले आठ हजार २७५ मत पाएपछि गोलाप्रथा गरिएको थियो। गोला तान्दा काफ्ले ‘भाग्यमानी’ ठहरिन्। निर्वाचित भएलगत्तै उनले गाउँपालिकाको विकासका लागि नारा बनाइन् ‘समृद्ध कमल, हाम्रो सरोकार।’

उनले पहिलो वर्षदेखि नै बरुजु हुन नदिने प्रयत्न गरिन्। गाउँपालिकाले पेस्की बजेट लिएन। भएका काम पारदर्शी गरियो। त्यही कारण महालेखा परीक्षकको प्रतिवेदनमा बेरुजु कम हुने स्थानीय तहको सूचीमा कमल गाउँपालिका चौँथो स्थानमा छ। 

काफ्ले भन्छिन्, ‘नियमबद्ध ढंगले काम गरे व्यक्ति होइन प्रणाली महत्त्वपूर्ण हुन्छ। प्रणालीले काम गर्छ। हरेक काम ठेक्का प्रक्रियाबाट गरिएको छ र तोकिएको समयमा अनुगमन भएको छ।’ अध्यक्षको मात्र एक्लो प्रयासमा नभइ गाउँपालिकाका सबै जनप्रतिनिधि र कर्मचारीका कारण उपलब्धि हासिल भएको उनी बताउँछिन्। आफूहरूले सामूहिक निर्णय गर्ने र त्यसको कार्यान्वयनमा सबैलाई जिम्मेवार बनाउने शैली अपनाएको उनको भनाइ छ।

आफ्नो कार्यकालमा योजनाअनुसारका ९० प्रतिशत काम भएको काफ्लेको दाबी छ। ‘सबैको मन बुझाउन सकिएन होला, तर जनतामा गरेको प्रतिबद्धता हामीले पूरा गरेका छौँ,’ उनी भन्छिन्।

कृषि, पूर्वाधार, स्वास्थ्य, शिक्षा र विपन्नका लागि विशेष कार्यक्रम
देश संघीयतामा गएपछि पहिलो पटक स्थानीय तहको निर्वाचन भएको थियो। कानुनको अभावमा काम गर्न समस्या थियो। त्यसैले कानुनका कारण कतिपय काम समयमा गर्न नपाएको काफ्ले बताउँछिन्।

जनताले देख्ने र प्रत्यक्ष प्रभाव पर्ने विकास भनेको पूर्वाधार निर्माण हो। निर्वाचनमा भोट माग्न जाँदा मतदाताले पूर्वाधार समस्या नै सुनाउँछन्। त्यसैले उनले पूर्वाधार विकासमा जोड दिइन्। पूर्वाधारमा पनि नागरिकको चासो सडकमा थियो। अहिले सबै वडा सडक सञ्जालमा जोडिइसकेका छन्। अब बस्तीहरूलाई प्राथमिकतामा राखेर सडक सञ्जाल निर्माणमा लागेको उनले बताइन्।

कमल गाउँपालिकाले गरेको अर्को महत्त्वपूर्ण काम अर्गानिक खेती प्रवद्र्धन हो। वर्षेनी हुने रासायनिक मल अभावलाई झेल्न र कृषि उत्पादनलाई दीगो बनाउन गाउँपालिकाले प्रांगारिक मल उत्पादनका लागि कार्यक्रम चलाएको उनले बताइन्।

Ncell 2
Ncell 2
nimb
nimb

गाउँपालिकाको सहयोगमा आईपीएम कृषक सहकारीमार्फत बोकासी (धानको ढुटो, तोरीको पिना, हड्डीको धुलोलगायत मिलाएर बनाएको) मल, झोल मल तथा वनस्पतिक मल उत्पादन भइरहेको छ। पहिलो चरणमा प्राङ्गगारिक मल उत्पादन गर्न गाउँपालिकाले १० लाख रुपौयाँ अनुदान उपलब्ध गराएको छ भने कृषि सहकारी संस्थाले २ लाख लगानी गरेको छ। पाँच वटा सहकारीबाट संचालित यो कार्यक्रमबाट करिब दुई हजार ४०० किसान लाभान्वित भएको उनले बताइन्। यसका लागि प्रदेश सरकारको सहयोगमा एउटा गोदाम घरसमेत निर्माण भएको छ। 

गाउँपालिकाले सामाजिक विकासका लागि लक्षित समूह विशेष कार्यक्रम पनि चलाएको छ। सीमान्तकृत, विपन्न महिलाको आयस्तर उकास्न कार्यक्रमहरू ल्याइएका छन्। विपन्न महिलालाई ३५ वटा ठेलागाडा वितरण गरिएको छ। ती ठेलामा उनीहरूले तरकारी, चनाचटपटे र खाजा बिक्री गर्ने गरेका छन्। 

त्यसैगरी, महिलालाई ‘ड्राइभिङ’ तालिम दिइएको छ। महिलाकै लागि लोकसेवा तयारीको निःशुल्क कक्षा पनि चलाइएको छ। ‘हामीले विपन्न महिलाको आयस्तर उठाएर जीवनयापन सहज बनाउने कार्यक्रममा जोड दिएका हौँ। यसबाट घरेलु हिंसा र अन्य समस्या पनि न्यूनीकरण हुन्छ,’ उनी भन्छिन्।

गर्भवतीलाई स्वास्थ्य संस्थामा निरन्तर आउन प्रोत्साहनका लागि सुत्केरी भएपछि २ हजार रुपैयाँ दिने गरिएको छ। किशोरीहरूलाई आत्मरक्षा तालिम दिइएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कमल गाउँपालिकाले शिक्षामा पनि सुधारका काम गरेको छ। आफूहरूले सामुदायिक र निजी विद्यालयबीच भिन्नता नदेखिने गरी काम गरेको काफ्ले बताउँछिन्। मावि तहसम्मै शिक्षकको अभाव हुन दिइएको छैन। भौतिक संरचना निर्माण भइरहेको छ। आदिवासी विपन्न सन्थाल, झाँगड र मुसहर समुदायका १५ विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षाका लागि छात्रवृत्तिको व्यवस्था गरिएको छ।

गाउँपालिकाले प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण गरेको छ। नागरिकलाई स्वास्थ्य बीमा गर्न प्रेरित गरिएको छ। दीर्घरोगी भएका घरमै गएर स्वास्थ्य परीक्षण गर्ने गरिएको छ। 

नेतृत्वमा महिला : चुनौती र अवसर दुवै
स्थानीय तहमा पहिलो पटक निर्वाचित पदाधिकारीलाई संघीयता अनुरूप काम गर्नुपर्ने पहिलो चुनौती थियो। महिला नेतृत्वमा आउँदा ‘पुरुषवादी चिन्तन’का कारण काम गर्न धेरै अवरोध भए। कतिपयले विश्वास नगर्ने अवस्था पनि आयो। पुरुष वडाध्यक्षहरूसँग कपितय अवस्थामा काम गर्न समस्या भयो। तर, यी सबै अवरोधलाई उनले अवसरको रूपमा लिइन्।

उनको लामो राजनीतिक अनुभवका कारण पनि सबै पक्षलाई मिलाएर लैजान सकिन्। उनी २०५४ सालदेखि राजनीतिमा सक्रिय छिन्। ‘त्यही सक्रियताका कारण मलाई जनताले विश्वास गरेका हुन्,’ उनी भन्छिन्।

कमल गाउँपालिकाको वडा नं. १ मात्र कांग्रेसले वडाध्यक्ष जितेको हो। अन्य वडामा एमालेकै उम्मेदवार विजयी भएका हुन्। तर, उनले सबैसँग समन्वयमा काम गरेकी छिन्। समन्वयकारी भूमिका नै उनका लागि सफलताको कडी बन्यो।

‘अहिले सबै दलले महिलालाई विश्वास नगरेको अवस्था छ। अधिकांशमा उपमेयर वा उपाध्यक्षमा मात्र सीमित गरिन्छ,’ उनी भन्छिन्, ‘अबको निर्वाचनमा अघिल्लोमा उपमेयर र उपाध्यक्ष भएकाहरूले मेयर र अध्यक्षमा दाबी गर्नुपर्छ। राम्रो काम गर्ने महिलाले अवसर पाउनुपर्छ।’

झापामा तीन जना मात्र महिला वडाध्यक्ष छन्। देशभरि ६२ वडाध्यक्ष छन्। अब यो संख्या पनि बढाउनुपर्ने उनी बताउँछिन्।

प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  ०९:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्