काठमाडौं- शाओमी १२ सिरिज मध्य शाओमी १२ प्रो को प्रि-बुकिङ खुल्ला भएको छ। प्रि-बुकिङ चैत्र ११ बाट चैत्र १५ सम्म खुल्ला हुनेछ।
प्रि–अर्डरमा यो फोन विशेष अफर सहित उपलब्ध छ। उपभोक्ताहरूले यो फोन किन्दा रु. ५ हजारको क्यासब्याक तुरुन्तै पाउनुको साथै मी नेकब्यन्दा ब्लुटुथ इयरफोन प्रो अथवा मी पोर्टेबल ब्लुटुथ स्पिकर सित्तैमा पाउन सक्नेछन्। शाओमी १२ प्रो बैजनी र नीलो रङमा १२ जिबि प्लस २५६ जिबिमा रु.१,१४,९९९ मा उपलब्ध छ।
यो फोनको विशेषता मध्ये एउटा भनेको यो सबैभन्दा छिटो चार्ज हुन्छ। यसमा १२० वाटको फास्ट चार्जिङ छ जसले तपाईंको फोन १८ मिनेटमै फुल चार्ज गर्छ। शाओमी १२ प्रो मा एचडीआर १० प्लस र डल्बी भिजनवाला ६.७३ इन्चको एमोलेड एलटिपिओ डिस्प्ले रहेको छ।
८ जेन वान स्न्यापड्रयागन प्रोसेसर भएको यो फोनमा ५० मेगापिक्सलको मेन क्यामेरा र ५० मेगापिक्सलको टेलिफोटोका साथै ५० मेगापिक्सलको वाइड एंगलको सेकेन्डरी क्यामेरा सहित ट्रिपल रियर क्यामेरा सेटअप रहेको छ।
यो स्मार्टफोनको अर्को गज्जबको विशेषता भनेको यसको साइबर फोकस ट्र्याकिङ प्रणाली हो जसले तपाईंलाई मुभिङ अब्जेक्ट्स (जस्तै गुडिरहेको गाडी) आदिको फोटो खिच्न सजिलो हुन्छ। तीनवटै क्यामेराहरुमा नाइट मोड सेन्सरहरू उपलब्ध छ जसले गर्दा कम प्रकाशमा पनि रातमा सुन्दर र स्पष्ट तस्बिरहरु खिच्न सकिन्छ। सेल्फीको लागि यसमा ३२ एमपीको अल्ट्रा–क्लियर सेल्फी लेन्स छ। यसमा हर्मन/कर्डोनका ४ वटा स्पिकरहरु छन्। यसको मार्च ३० देखि बिक्री सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।