• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
फिल्म समीक्षा

‘आरआरआर’लाई ‘बाहुबली’सँग तुलना नगर्नुस, ‘बोर’ हुन पर्दैन

64x64
युवराज भट्टराई शनिबार, चैत १२, २०७८  २१:४६
1140x725

काठमाडौं– पाँच वर्षअघि दक्षिण भारतीय फिल्म निर्देशक एसएस राजमौलीले ‘बाहुबली २’ निर्देशन गरेसँगै उनीमाथि भारतीय मात्रै नभएर विश्वभरकै दर्शकले अपेक्षा गरिरहेका थिए। उनले गर्ने नयाँ ‘प्रोजेक्ट’ झन् ‘बबाल’ हुनेछ। पाँच वर्षको पर्खाइपछि राजमौलीको फिल्म ‘आरआरआर’ शुक्रबार प्रदर्शनमा आएको छ।

राजमौली, करोडौंको बजेट, दक्षिण भारतीय सिनेमाका दुई सुपरस्टार भएको फिल्मलाई लिएर दर्शकमा अपेक्षा हुनु स्वभाविक हो। पाँच वर्षको पर्खाइपछि पर्दामा देखिएको राजमौलीको सिर्जना दर्शकको अपेक्षा पूरा गर्न मात्रै नभएर एउटा ‘मास्टरपिस’को रुपमा रहेको छ।

‘आरआरआर’ले भन्ने कथा स्वतन्त्रताका निम्ति लड्नेहरुको हो। कोमराम भीम (जुनियर एनटीआर) र अल्लुरी सिताराम (राम चरण) फिल्ममा स्वतन्त्रताका योद्धाको रुपमा प्रस्तुत छन्। तर, फिल्मले केवल स्वतन्त्रताकै मात्रै कथा भन्दैन्। १९२० को दशकको परिवेशमा बनेको फिल्मले भारतमा बेलायती साम्राज्यको समयमा आदिवासीहरुमाथि हुने दमन, शक्तिको दुरुपयोग, क्रान्तिको कारणदेखि भावनात्मक सम्बन्धका कथालाई भन्छ।

बेलायती साम्राज्यमा भारतका गभर्नरकी श्रीमतीले स्थानीय गोन्ड जातिकी एक बच्ची मल्लीलाई लगेसँगै फिल्मको कथा सुरु हुन्छ। आफ्नो सन्तानलाई नलैजान आग्रह गरिरहेकी आमा मारिन्छन्। बेलायती साम्राज्यको समयमा भएको दमनमा परेका आदिवासी र स्थानीयहरुको मूल्य बन्दुकको गोलीभन्दा पनि कम मानिन्छ।

कोमराम भीम यही गोन्ड जातिको मुखिया (नेता)को भूमिकामा छन्। समूहमा बस्न रुचाउने गोन्ड जातिलाई नेतृत्व गर्ने र उनीहरुको सुरक्षा गर्ने भूमिकामा देखिएका छन् उनी। गोन्ड जातिबाट छुटाएर लगिएकी मल्लीको खोजीको कथाबाट फिल्म सुरु हुन्छ।

अल्लुरी सिताराम बेलायती साम्राज्यमा प्रहरीको रुपमा देखिएका छन्। आफ्नो देश र जागिरको निम्ति मर्न र मार्ने हदसम्म पुग्ने विशेषता उनमा हुन्छ।

एक बालिकाको खोजीबाट कसरी भारतमा राज गरिरहेको बेलायती साम्राज्यको विरुद्धमा विद्रोही रुप उत्कर्षमा पुग्छ भन्ने कथा फिल्ममा देखाइएको छ।

राजमौलीले फिल्ममा गरेको खर्च फिल्मको दृश्यांकनमा देखिन्छ। दक्षिण भारतीय फिल्ममा हुने मसला त यसमा छँदै छ, सँगै कथालाई एउटा सुन्दर रुप दिइएको छ। धेरैले फिल्मको कथालाई भारतीय स्वतन्त्रताका लागि लडेका अल्लुरी सितारामा राजु र कोमाराम भीमको कथाको रुपमा लिएका छन्। तर, फिल्मका मुख्य अभिनेतालाई उनीहरुबाट प्रभावित मात्रै गरेर सम्पूर्ण कथालाई कल्पना गरिएको छ। यर्थाथ वा इतिहासको कुनै कालखण्डमा भएको वास्तविक घटनालाई नभएर फिल्मका लेखक केभी विजयकेन्द्र प्रसादको कल्पनामा आधारित छ ‘आरआरआर’।

nimb
nimb
Ncell 2
Ncell 2

‘आरआरआर’ एउटा एक्सन फिल्म हो। फिल्ममा भरपुर एक्सनको प्रयोग गरिएको छ। तर, फिल्म एक्सन मात्रै होइन। युट्युबमा पाइने अधिकांश दक्षिण भारतीय फिल्ममा जस्तो विश्वास नै नलाग्ने द्वन्द्वका दृश्य र कथाको अभावबाट गुज्रिएको छैन, ‘आरआरआर’।

फिल्ममा भएको कथ्य शैलीले दर्शकलाई तीन घण्टासम्म हलको सिट छाड्न दिँदैन। सामान्यतयाः बनिरहेका फिल्मभन्दा एक घण्टा लामो फिल्म भएपनि आरआरआरमा प्रस्तुत गरिएको कथ्य शैली र फिल्मको छायांकनको कारण पनि दर्शकले यसको मजा लिन सक्छन्। 

फिल्मको सुरुवामतै मुख्य अभिनेताहरुलाई देखाउँदा एक्सन सिक्वेन्सको प्रयोग गरिएको छ। बेलायती प्रहरीको भूमिकामा देखिएका राम चरणलाई दर्शकसँग साक्षात्कार गर्दाको क्षणमा देखाइएको एक्सन सिक्वेन्स अपत्यारिलो छ, तर असम्भव होइन। हजारौंको भिडमा एक व्यक्तिलाई पक्राउ गर्न राम चरणले गरेको संघर्षलाई विश्वास गर्न सक्ने किसिमले देखाइएको छ।

जुनियर एनटीआरको आगमनमा पनि यस्तै दृश्य समेटिएको छ। जंगलमा खिचिएको दृश्यमा भएको भागदौड मजा आउने मात्रै नभएर सिनेमाको प्राविधिक पाटोबाट पनि निक्कै अब्बल छ। ‘ब्वाँसो’ र ‘बाघ’मा गरिएको सिजिआरमा खोट पाइँदैन। यी दृश्यहरुमा कलाकारको अभिनयसँगै छायांकनको पाटोबाट देखिएको गम्भीरताले दर्शकको शरीरलाई सिरिङ्ग पार्छन्। 

फिल्मको पहिलो भागमा कथा सरल र गतिशिल रुपमा बढेको छ। कथा थोरै अघि बढ्छ। दर्शकलाई ‘बोर’ हुनसक्ने संकेत हुनुअघि नै फिल्ममा ‘धुँवादार’ एक्सन सिक्वेन्स देखिन्छ। फिल्मको सुरुवातमा देखाइएको दृश्यहरु पछिल्तिर जोडिन्छन्। जुनियर एनटीआर अभिनित भीम पात्रले बेलायती गभर्नरको भवनमा हमला गर्दा जंगली जनावरहरुलाई लिएर गएको दृश्य ‘सिनेमेटिक मास्टरपिस’को रुपमा रहेको छ।

पहिलो हाफजस्तै दास्रो हाफमा पनि कथा अघि बढ्छ। तर, दोस्रो हाफमा थोरै भावुकता र विगतको झझल्को आउँछ। फिल्ममा ‘एक्सटेन्डेट केमियो’ भूमिकामा देखिएका अजय देवगणको भूमिकाको रहस्योद्घाटन यहाँ हुन्छ। राम चरण अभिनित सितारामको जीवनमा परेको प्रभावलाई देखाइएको छ।

फिल्ममा आलियाको भूमिका सीताको रुपमा छ। तर, उनले आफ्नो भूमिकामा खासै अभिनय गर्ने दृश्यहरु छैनन्। फिल्ममा आलियाले धेरैमा ६÷७ मिनेट मात्रै स्क्रिनमा देखिन्छिन्। १०÷१५ वटा मात्रै संवाद बोल्छिन्। सीताको भूमिकामा उनले आफ्नो अभिनयको अब्बलता देखाउन सकेकी छैनन्। किनकी फिल्ममा उनको भूमिकालाई त्यो अवसर नै दिइएको छैन।

फिल्म प्रत्यक्ष रुपमा बेलायती साम्राज्यसँग जोडिएको छ। जसकारण फिल्ममा बेलायती शासकहरुको भूमिकामा कलाकारलाई लिइएको छ। बेलायती पक्षको मुख्य भूमिकामा रे स्टेभेनसक्नले स्कटको अभिनय गरेका छन्। फिल्ममा बेलायतीहरु भारतमा शासक गरिरहँदा जबर्जस्ती हिन्दी बोल्ने दृश्य फिल्ममा छैन। फिल्ममा बेलायती सैनिक र शासकहरुले बोल्ने लवज र भाषामा जबर्जस्ती हिन्दी हाल्न खोजिएको छैन।

फिल्ममा भएको पाश्र्वध्वनी र संगीतले दर्शकलाई फिल्मभित्रको माहोल ‘फिल’ गराउँछ। ‘नाँचो नाँचो’ गीतमा दृश्यमा राम चरण र जुनियर एनटीआरको नृत्यले दर्शकलाई पनि उठेरसँगै नाच्न लगाउन सक्छ। ‘एक्सन सिक्वेन्स’हरुमा भएको पाश्र्वध्वनीले पनि दर्शकलाई फिल्म ‘फिल’ गराउँछन्। 

‘आरआरआर’का सबैजसो एक्सन सिक्वेन्सहरुमा ‘अन्डरक्रेन्किङ’ शैलीको प्रयोग गरिएको छ। फिल्म खिच्दा कम फ्रेम (१८÷१९ फ्रेम प्रतिसेकेन्ड)मा खिचेर त्यसलाई सामान्य फ्रेम (२४ फ्रेम प्रतिसेकेन्ड)मा प्रदर्शन गरिनुलाई अन्डरक्रेन्किङ शैली भनिन्छ। आरआरआरमा प्रयोग भएको यो शैली सिनेमाको प्राविधिक पक्षसँग साक्षात्कार दर्शकले महसुस गर्न सक्छन्। फिल्मका एक्सन सिक्वेन्सहरुमा यो शैलीको प्रयोगका कारण पनि सिनेमेटिक विशेषता पाइन्छ।

फिल्मका निर्देशक राजमौलीको यसअघिको फिल्म ‘बाहुबली’को दुवै भागमा भएजस्तै सदैव याद हुने दृश्य र पात्रहरु ‘आरआरआर’मा दर्शकले नपाउन सक्छन्। ‘बाहुबली’मा जस्तै कल्पनामै कुनै राज्यको निर्माण ‘आरआरआर’मा छैन। तर, राजमौलीको ‘आरआरआर’लाई ‘बाहुबली’सँग तुलना गर्नु अनावश्यक हुन्छ। 

यद्यपि, ‘आरआरआर’ जुन बजेटमा बनेको छ, त्यो अनुसारको दृश्यांकन, भीएफएक्स फिल्ममा छ। गाडीको चक्कामा गोली लाग्दा गाडी कसरी पल्टियो भन्ने जस्ता ‘लजिक’हरु नखोज्ने हो भने फिल्म हेरिरहँदा दर्शकले ‘बोर’ हुन पर्दैन। ‘मास एक्सन’ विधामा रहेको फिल्मले सुन्दर कथा, सुन्दर प्रस्तुतिसँगै दर्शकलाई तीन घण्टासम्म पूर्ण मनोरञ्जन दिने सामथ्र्य राख्छ। 

प्रकाशित मिति: शनिबार, चैत १२, २०७८  २१:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘बीपी र विद्रोहका ती दिन’ मार्फत धर्म गौतमले सुनाए राजनीतिक यात्राका अनुभव काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच नेपाली कांग्रेसका नेता धर्म गौतमको राजनीतिक संस्मरण ‘बीपी र विद्रोहका ती दिन’ लोकार्पण गरिएक... मंगलबार, भदौ २, २०८३
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासनालाई टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्काले जितेकी छन्। शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा टिम वाङ्देन श... आइतबार, साउन ३१, २०८३
केही स्थानमा भारी वर्षाको सम्भावना शुक्रबार देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा... शुक्रबार, साउन २९, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री कार्यालयसहित सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवा प्रयोग गर्न सरकारको निर्देशन बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको आदेश, व्यर्थ भयो उपसभामुखको जाहेरी बुधबार, भदौ ३, २०८३
सर्लाहीको बासबारीमा एकै घरबाट १५ बोरा गाँजा बरामद, घरधनी फरार बुधबार, भदौ ३, २०८३
भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न, चार दिनमा क–कसलाई भेटे? बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
जितपुरसिमरामा तीन वर्षीया बालिकाको हत्या, दुई जना पक्राउ बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्