• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

दूधे बालिका बोकेर दम्पती नै म्यादी बन्ने लाइनमा- ‘डिग्री पास गरेकासँगको कम्पिटिसनमा फेल भइने हो कि!’

64x64
धनु विश्वकर्मा बिहीबार, चैत १०, २०७८  १४:५१
1140x725

काठमाडौं– स्थानीय तहको निर्वाचन घोषणा भएसँगै राजनीतिक सरगर्मी बढेको छ। राजनीतिक दलका नेता तथा कार्यकर्ता अर्को पाँच वर्षका लागि स्थानीय तहमा आफ्नो वर्चश्व कायम गर्ने होडमा छन्। तर, त्यसभन्दा पर यति बेला केही नागरिक भने करिब डेढ महिनाको जागिरका लागि चर्को घाममा परीक्षा दिइरहेका छन्।

त्यहीकारण 'म्यादी प्रहरी' बन्न खोज्ने सर्वसाधारणका लागि चुनाव 'विशेष' हुन्छ। त्यसैले चर्किँदै गएको गर्मीमा पनि देशभरका प्रहरी (जिल्ला प्रहरी) कार्यालयअगाडि थेगी नसक्नुको लाइन देखिन्छ। त्यो लाइनमा अधिकांश मध्यम र न्युन वर्गका १८ देखि ५४ वर्ष उमेर समूहका महिला–पुरुष छन्। कतिपय भने प्रहरी बन्न पाउने 'क्रेज'ले पनि म्यादी बन्न लाइनमा पुगेका छन्। धेरैजसो भने केही समयलाई भए पनि घर तथा व्यक्तिगत खर्च धान्न अत्यासलाग्दो लाइनमा आफ्नो पालो कुरिररहेका हुन्छन्। 

महानगरीय प्रहरी परिसर काठमाडौं (टेकु)मा म्यादीको फाराम बुझाउन पुगेको भिडमा एक महिला दूधे बालक बोकेर लाइनमा उभिएकी छन्। कतिबेर बस्नुपर्ने हो, थाहा छैन। उनले काखमा बोकेको बालक आफूसँगै उभिएका पुरुषलाई बोक्न दिइन्। दुवै जना पालो फेरेर बच्चा बोकिरहेका छन्। बच्चा बोक्नबाट फुर्सद् पाउनेले फाराम बुझाउने पालो कति बेला आउँछ भनेर यताउति बुझ्छन्।

बच्चा बोकेकी महिला कृषा पाण्डे र बच्चा बोक्न सघाइरहेका उनका श्रीमान् कपिल कुतुवार हुन्। काठमाडौंको तार्केश्वर नगरपालिका गोलढुंगा घर भएका श्रीमान्–श्रीमती नै म्यादी प्रहरीमा आवेदन दिन टेकु पुगेका हुन्। 

पहिलो पटक सोमबार आउँदा फाराम बाँड्ने समय सकिएकाले उनीहरु त्यत्तिकै फर्किनुपर्‍यो। 'आज (बुधबार) त फाराम बुझाउन पाइएला कि?' कृषाले सुनाइन्। 

कृषाको धेरै समय घरायसी काममै बित्छ। श्रीमान् कपिल साहुको गाडी चलाउँछन्। 'कोरोना महामारी सुरु भएयता गाडी चलाउने काम पनि त्यति पाइँदैन। काम पाए पनि साहुहरुले तलबका लागि झुलाउँछन्,' कुतुवारले भने।

केही समयका लागि भए पनि घरखर्च जुटाउन सकिएला कि भनेर श्रीमान्–श्रीमती नै म्यादी बन्न फाराम बुझाउन आएको कृषाले बताइन्। 'अर्की (जेठी) छोरी पनि छन्। अहिले सासूको जिम्मा लगाएर आएका हौं। यो नानी त १ वर्षको भइन्। बुढी सासूले स्याहार्न सक्नुहुन्न। त्यसैले सँगै बोकेर आएँ,' कृषाले सुनाइन्। 

कपिलले सामाजिक सञ्जालमार्फत् म्यादी प्रहरीको भर्ना खुलेको थाहा पाएका रहेछन्। म्यादीमा भर्ना हुनुपर्‍यो भनेर उनले श्रीमती (कृषा)लाई सुनाए। कपिलको सोच आफू मात्रै म्यादीमा जाने थियो। तर, कृषाले आफू पनि म्यादी प्रहरी बन्ने बताइन्। अनि, दुवै जना फाराम भर्न पुगे।

Ncell 2
Ncell 2
nimb
nimb

'घरमा कसैलाई पनि भनेका छैनौं। हामी दुवै जनाले सल्लाह गर्‍यौं। रोजगारी नभएको बेलामा केही समयलाई भए पनि घरखर्च टर्ला भनेर म्यादी बन्न आएका हौं,' श्रीमतीको काखबाट बच्चा समाउँदै कपिलले भने। 

कृषा र कपिल स्कूल देखिकै साथी। मन मिल्यो अनि जीवनसाथी बने। उमेर समान छ। शैक्षिक योग्यता पनि समान– एसएलसी उत्तिर्ण। 

कपिलका अनुसार उनका धेरै साथी अहिले विदेशमा छन्। विदेशबाट घर आउँदा उनलाई साथीहरुले सल्लाह दिन्छन्– नेपालमा बसेर केही हुँदैन, हिँड तिमी पनि विदेश। तर, कपिललाई लाग्छ– विदेशमा पनि रुखमा पैसा फल्दैन। परिश्रम नै गर्नुपर्छ। 'विदेशमा गएर पनि परिश्रम नै गर्ने हो भने देशमै किन नगर्ने? त्यही भएर म विदेश गइनँ,' कपिल भन्छन्। 

कृषा र कपिललाई लाग्थ्यो– पढेको भए यति धेरै सास्ती हुँदैन थियो कि? तर, 'डिग्री' पास गरेकाहरु पनि म्यादीको लाइनमा भेटिएपछि भने उनीहरुलाई नराम्रो लागेको छ। सँगै डर पनि लागेको छ– डिग्री पास गरेकाहरुसँग 'कम्पिटिसन' गर्दा 'फेल' पो भइने हो कि? 

Xtrem

Xtrem

'देशभर नै एक लाख जनाका लागि मात्रै हो रे म्यादीको भर्ना खुलेको। डिग्री पास गरेकाहरु पनि लाइनमा छन्। हामीले तिनीहरुसँग कम्पिटिसन गर्नुपर्ने। हामीजस्ता बेरोजगार त लाखौं होलान् नि है?' भय मिश्रित भावमा कृषाले प्रश्न गरिन्। 

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  १४:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्