काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र भारतीय कलाकार सलमान खानबीच भिडियो संवाद भएको छ। दुई महिनापछि नेपालमा हुन गइरहेको एक कन्सर्टमा आउन लागेका खानसँग आलेले संवाद गरेका हुन्।
सलमानको आगमनले नेपालमा पर्यटन प्रवर्द्धन हुने भन्दै आयोजकले पर्यटनमन्त्री आलेमार्फत् कार्यक्रमको प्रवर्द्धन गर्न भिडियो कन्फ्रेन्स आयोजना गरेको हो।
खानसँग आलेले हिन्दीमा संवाद गरेका हुन्। उनले खानलाई आफू फ्यान रहेको बताउँदै फ्यानकै रुपमा कार्यक्रममा उपस्थित हुने बताएका छन्।
मन्त्री आलेले पछिल्लो दुई वर्ष कोभिड–१९ ले अस्तव्यस्त बनाएको बताउँदै सलमानको नेपाल आगमनले पर्यटन व्यवसाय मौलाउने अपेक्षा व्यक्त गरे।
उनले हिन्दीमा भने, 'ये कोभिड १९ ने पिछले दो सालसे विश्वको बरबाद कर्दियाथा। अब हम आपका नेपाल कार्यक्रमका बाद पर्यटन प्रवर्द्धन सहयोग मिल्नेकी पूरी उम्मीद रख्तें हे। (कोभिड १९ ले दुई वर्षदेखि विश्वलाई बर्बाद गरेको थपियो। हामी तपाईंको नेपाल कार्यक्रमपछि पर्यटन प्रवर्द्धनमा सहयोग प्राप्त हुने अपेक्षा राखेका छौं।'
उत्तरमा खानले आफू नेपाल आएर खुशी फैलाउन सक्ने अपेक्षा व्यक्त गरे। उनले भने, 'वहाँपर आके हम काफी खुशिया फैलासकें। आपलोगक इन्टरटेन करा सके। ये दो साल बहुत मुश्किलौंसे गुज्रे हें। इन्टरटेन्मेन्ट, ह्याप्पिनेस लाइफमा होना जरुरी है (त्यहाँ आएर धेरै खुशी फैलाउन सकियोस्। मनोरञ्जन दिलाउन सकियोस्। यी दुई वर्ष धेरै कठिनाइका साथ गुज्रेका छन्। मनोरञ्जन र खुशी जीवनमा हुनु जरुरी छ।)'
सलमानले नेपाल नआएको धेरै समय भएको बताउँदै त्यहाँ रमाइले हुने बताए। एउटा फिल्मको सुटिङमा नेपाल आएको बताउँदै त्यसपछि नेपाल आउने मौका नजुरेको उल्लेख गर्दै भने, 'पटक-पटक क्यान्सिल भइरहेको थियो, अब कार्यक्रम हुने भयो। मेरो पूरै टिम नेपाल आउने कुराले खुशी छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।