• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संवैधानिक इजलासमा कानुन व्यवसायीले भने : अध्यादेश संविधानमाथिको जालसाजी, नियुक्ति बदरका लागि अन्तरिम आदेश जारी गरौं

64x64
नेपाल लाइभ बुधबार, चैत ९, २०७८  १५:३०
1140x725

काठमाडौं- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ३० र त्यसपछि जारी गरेको अध्यादेश संविधान माथिको जालसाजी र संविधानलाई मिच्ने कार्य भएकाले त्यसबाट भएका सवै नियुक्ति बदर गर्न अन्तरिम आदेश जारी गर्न माग गरेका छन्। 

कायममुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीसहितको पाँच न्यायाधीशको संवैधानिक इजलासमा बहस गर्दै वरिष्ठ अधिवक्ता र अधिवक्ताहरुले संविधान मिच्नेगरि गरिएको नियुक्तिका कारण भएको गलत र असंवैधानिक अभ्यासलाई रोक्नसमेत अन्तरिम आदेश जारी हुनुपर्ने माग गरेका छन्।

गत शुक्रबारदेखि सुरु भएको सुनुवाइ बुधबार निरन्तर चलिरहेको छ।  निवेदक पक्षका तर्फबाट बहस चलिरहँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि निर्वाचन आयोगसम्मका संवैधानिक आयोगमा ओलीले गरेका नियुक्ति बदर गर्नुपर्ने अनि मात्र अन्तिम सु्नुवाइमा जानुपर्ने माग इजलासमा उठेको हो।  

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले संविधान मिचेर अध्यादेशमार्फत नियुक्ति गरिएको र यो अध्यादेश पटक/पटक जारी गरेर संविधानको धारा २९२ को संसदीय सुनुवाइलाई समेत मिचिएको दाबी गरे। 

‘एक पटक ल्याएको अध्यादेश पटक/पटक ल्याउन पाइँदैन। यस्तो कानुन छैन भनेपछि ल्याउन पाइँदैन’ ज्ञवालीले भने, ‘संवैधानिक परिषद् सम्वन्धी ऐन रहेकै अवस्थाका बदनियत राखेर अध्यादेश जारी गरियो अनि त्यसैका आधारमा नियुक्ति गरियो।’ 

संवैधानिक परिषद्को बैठकमा नियुक्तिका लागि सिफारिस गर्दा संसदीय सुनुवाइका लागि गर्ने भएको तर ओली सरकारले एकै पटक नियुक्ति नै गर्ने मनसाय राखेर काम गरेको उनको जिकिर थियो। 

‘संविधानले र कानुनले तोकेको उक्त सिमालाई घटाएर तीन जना बनाउनु कानुनको उल्लंघन हो’ उनले भने, ‘संवैधानिक परिषदमा विपक्षी दलको नेता, सभामुख र उपसभामुख जस्ता व्यक्ति उपस्थित हुनु अनिवार्य छ।’ 

पटक/पटक एउटै अध्यादेश ल्याउने अनि फेरि नियुक्त नै गर्ने कार्यले संविधानमाथिको जालझेल भएको उनको भनाइ थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

भारतमा पनि यस्तै घटना भएपछि त्यहाँको सर्वोच्च अदालतले हस्तक्षेप गरेर अध्यादेश सरकारको मनलाग्दो शासन गर्नका लागि नभई अति आवश्यक कामका लागि ल्याउने ब्याख्या गरेको भन्दै उनले न्यायाधीश पिएन भगवतीसहितको इजलासले यो संविधानको उल्लंघन भनेको इजलासमा पेस गरे। 

‘संसदवाट कानुन बनाउने हो तर, अध्यादेशबाट शासन चलाउन सकिँदैन’ उनले भने, ‘संविधान र कानुनले भनेको व्यवस्था मिच्न  अध्यादेश जारी गर्ने अनि नियुक्ति गर्ने हो भने यसले संविधान वाद र कानुनको शासन अन्त्य हुन्छ।’ 
उनले अहिले नै ५२ जनालाई काम नर्गनू भनि अन्तरिम आदेश जारी हुनुपर्ने र यसलाई छिटै अन्तिम सुनुवाइमा लगेर किनार लगाउनु पर्ने माग गरे। 

धारा २९२ ले  संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस हुने व्यक्तिको संसदीय सुनुवाइ अनिवार्य रुपमा हुनुपर्ने भनेकाले यो प्रक्रिया पूरा नगरेका व्यक्तिहरु संवैधानिकक निकायमा पदाधिकारीको रुपमा रहन नसक्ने उनको तर्क थियो। संसदीय सुनुवाइ छल्न संसद विघटन गर्ने अनि नियुक्ति लुकाउने कार्यले गलत नियत थियो भन्ने पुष्टि गरेको उनको जिकिर छ। 

अधिवक्ता राजु चापागाई यो एक थान मुद्दामात्र नभई संविधान पालनाको प्रश्न भएकाले अन्तरिम आदेश जारी हुनुपर्ने माग गरे । 

‘यो कलरेवल एक्ससाइज हो। यो संविधानवादले हार्ने कुरा छ’ उनले भने, ‘यसको संवैधानिक अर्थ ख्याल गर्न पर्छ। जे पायो त्यही अध्यादेश ल्याउन सरकारलाई संविधानले अधिकार दिएको होइन।’ 

वरिष्ठ अधिवक्ता रामनारायण विडारीले यस्तो महत्वपूर्ण मुद्दा कसका कारण यति लामो समयसम्म रोकियो त्यसबाट नै यसको नियत प्रष्ट हुने तर्क गरे। 

‘संवैधानिक परिषदको अध्यादेश नै गैरकानुनी छ अनि त्यसबाट भएका नियुक्ति कसरी कानुन अनुसार हुन्छ, संवैधानिक परिषद्को बैठकमै कोरोम पुगेको छैन,  कसरी सिफारिस गरियो’ उनले भने, ‘संवैधानिक परिषद् सम्बन्धी ऐन छ। संवैधानिक परिषदले संसदीय सुनुवाइका लागि सिफारिस गर्ने हो। तर यो नियुक्ति त सिधैं राष्ट्रपतिबाट भएको छ।’ 

उनले संसदबाट नियुक्तिका लागि वाधा छैन भनेर पत्र आउनुपर्नेमा असंवैधानिक छ भनेर फिर्ता पठाएको पत्रलाई नहेरी नियुक्ति गरिएकाले अन्तरिम आदेश जारी गरेर खारेज हुनुपर्ने जिकिर गरे। नियुक्ति पाएको लामो समय भएकाले अन्तरिम आदेश जारी हुन सक्ने हो कि भन्ने आशंका निवेदकका कारण बनेको नभएकाले त्यसमा जान नपर्ने उनको तर्क थियो। 

त्यस्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अध्यादेश संसदले बनाएको कानुन नभएकाले यसका आधारमा संविधान मिच्नेगरि सिफारिस हुनै नसक्ने दाबी गरे। उनले एक मिनेट पनि नियुक्ति भएका व्यक्तिलाई पदमा बस्ने संवैधानिक अधिकार नभएको अवस्थामा कसरी एक वर्षसम्म पदमा रहनुभएको छ भन्ने कुरा भएकाले अन्तरिम आदेश जारी हुनुपर्ने जिकिर गरे। 

‘५२ जनाले असंवैधानिक रुपमा नियुक्त भएर जागीर खाइरहेका छन्। यो बदर भएर अन्तरिम आदेश जारी गरेर नियुक्ति शून्य गरिनु पर्छ’ उनले भने, ‘अध्यादेश नै वदर गरेपछि नियुक्ति रहन सक्दैन। संविधानको धारा २९२ उल्लघन गन अध्यादेश ल्याउने अधिकार सरकारलाई संविधानले दिएको छैन।’  

संवैधानिक परिषदको बैठकमा कोरम नपुगको स्मरण गराउँदै उनले सोही दिन अध्यादेश जारी गरिएको र बैठक बसेर बाहिर राष्ट्रिय सभाका अध्यक्षले कुनै निर्णय भएको छैन भनि  सार्वजनिक रुपमा भनेको भए पनि प्रतिनिधि सभा विघटनपछि नियुक्तिबारे सार्वजनिक गर्ने कार्य भएकाले यो संविधान मिच्ने नियतले भएको उनको तर्क थियो।  

वरिष्ठ अधिवक्ता त्रिपाठीले विगतमा एक पटक संवैधानिक परिषदको बैठकमा नबोलाएर नियुक्त गरेको विवादमा सर्वोच्चबाट फैसला भएकोले अन्तरिम आदेश जारी हुनुपर्ने माग गरे।

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १५:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्थानीय तहलाई थप ६ करोड ७५ लाख
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ?
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग
सम्बन्धित सामग्री
महामारी रोक्न बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य निगरानी तीव्र प्रभावित क्षेत्रमा विशेष स्वास्थ्य टोलीसँगै फिल्ड इपिडेमियोलोजीमा प्रशिक्षित जनशक्ति परिचालन गरिएको छ भने विश्व स्वास्थ्य संगठनको सह... मंगलबार, भदौ १६, २०८३
हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री शाह प्रधानमन्त्री शाहले भोटेकोशी नदीमा गएको बाढी सामान्य नभएको उल्लेख गरे । मंगलबार, भदौ १६, २०८३
सर्वदलीय बैठकका तीन निष्कर्ष : विपद् व्यवस्थापनदेखि दीर्घकालीन समाधानसम्म सहकार्य मंगलबार रास्वपाले बोलाएको बैठकले यसअघि शीर्ष नेतृत्वसहितको बैठकबाट भएका १० बुँदे निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र भोटेकोश... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
स्थानीय तहलाई थप ६ करोड ७५ लाख मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग मंगलबार, भदौ १६, २०८३
बाढीपछि प्रहरीलाई अर्को चुनौती : शव पहिचानदेखि खाली घरको सुरक्षा र अपराध नियन्त्रणसम्म मंगलबार, भदौ १६, २०८३
‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आह्वान मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्