काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई मधेसमा एमालेप्रतिको आकर्षणले राजनीतिक शक्ति सन्तुलनलाई बदल्ने बताएका छन्।
बुधबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उनले तराई-मधेसमा देखिएको पार्टी प्रवेशको प्रवत्ति उल्लेखनीय भएको बताएका हुन्।
'विगत निर्वाचन र सोभन्दा अगाडिदेखि नै नेकपा (एमाले) का विरूद्ध भ्रम प्रचार गरिएको, घृणा फैलाइएको, प्रवेश निषेध गरिएको र यसै कारणले गर्दा निर्वाचनमा अपेक्षित परिणाम हासिल हुन नसकेको मधेस प्रदेशलगायत तराई-मधेसमा नेकपा ( एमाले) प्रतिको आकर्षणले आगामी राजनीतिक शक्ति सन्तुलनलाई नै बदल्ने स्पष्ट छ', ओलीको प्रतिवेदनमा भनिएको छ, 'यसले राष्ट्रिय राजनीतिबाट जातीय-क्षेत्रीय संकीर्णता, दुर्भाव र विखण्डनका प्रवृत्तिलाई निस्तेज पार्न र राष्ट्रिय एकतालाई अझ खँदिलो बनाउन पनि ठूलो सहयोग पुग्नेछ।'
ओलीले सत्ता-स्वार्थ, अवसरवाद र राजनीतिक विकृतिमा चुर्लुम्मै डुबेको माओवादी नेतृत्वप्रति मोहभंग भएर त्यसबाट अलग हुँदै नेकपा (एमाले) मा आबद्ध हुने राष्ट्रव्यापी लहर चलेको भन्दै यसको खास अर्थ र सन्देश रहेको बताएका छन्।
यस्तो छ ओलीले केन्द्रीय समितिमा ओलीले पेस गेको राजनीतिक प्रतिवेदन :














नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।