काठमाडौं – यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयबाट प्रदान गरिने सेवा अवरुद्ध हुने भएको छ।
विभागले बुधबार एक सूचना जारी गर्दै आज अपराह्न ५ बजेदेखि सेवा अवरुद्ध हुने जनाएको छ। सबै सेवा अनिश्चितकालका लागि बन्द हुने विभागले जनाएको हो।
कार्यालयबाट हुने सवारी दर्ता, नामसारी, नवीकरण र कर भुक्तानीसहितका सबै सेवा अनिश्चतकालका लागि बन्द हुने भएका हुन्।
सर्भरमा विद्युतीय समस्या देखिएले सबै सेवा बन्द गर्ने निर्णय गरेको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।