काठमाडौं- विश्व वरीयताको शीर्ष स्थानकी अस्लेघ बार्टीले टेनिसबाट सन्यास लिने घोषणा गरेकी छन्।
अस्ट्रेलियन टेनिस स्टार बार्टीले बुधबार सामाजिक सञ्जाल इन्स्ट्राग्राममार्फत् २५ वर्षको उमेरमा नै सन्यास लिने घोषणा गरेकी हुन्।
उनले आफ्ना अन्य सपना पूरा गर्नको लागि व्यवसायिक खेल जीवनबाट सन्यास लिने निर्णय गरेको बताएकी छन्।
‘सन्यास लिदा गर्व महसुस भएको छ,’ उनले इन्स्ट्राग्राममा लेखेकी छिन्, ‘मलाई हरेक परिस्थितिमा साथ दिनुहुने सबैमा धन्यवाद।’
उनले टेनिसले आफूलाई सबै कुरा दिएको भन्दै आफ्नो निर्णय सही रहेको पनि बताएकी छन्।
‘अहिलेसम्म टेनिस खेलेर जति पनि उपाधि/ मानसम्मान पाएँ त्यसबाट म धेरै खुसी छु। अहिले जुन निर्णय लिँदैछु यसमा म खुसी नै छु। यो एक व्यक्तिको रूपमा मेरो लागि यो निर्णय सही छ,’ उनले एक भिडियोमा भनेकी छन्।
बार्टीले आफ्नो टेनिस करियरमा कुल १५ वटा महत्वपूर्ण उपाधि जितेकि छन्। त्यसमा तीनवटा ग्रान्ड स्लाम रहेका छन्।
उनले पहिलोपटक २०१८ मा युएस ओपन, २०१९ मा फ्रेन्च ओपन, २०२१ र २०२२ मा अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन्।
उनले गत वर्ष विम्बल्डन जितेकी थिइन्। सोपश्चात् उनी शीर्ष स्थानको खेलाडी बनेकी हुन्।
गत जनवरीमा उनी ४४ वर्षपछि अस्ट्रेलियन ओपन पुरुष वा महिला एकल उपाधि जित्ने पहिलो घरेलु खेलाडी बनेकी थिइन्।
बार्टीले यसअघि पनि सन् २०१४ मा सक्रिय टेनिस टेनिस खेलबाट सन्यासको घोषणा गरेकि थिइन्। त्यसबेला उनी मात्र १७ बर्षकी थिइन्। त्यसपछि पुनः २०१६ मा उनी टेनिसमा फर्किएकि थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।