काठमाडौं– बैंकिङ कसूर मुद्दामा दोषी ठहर भएका एक जना पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ घर भई काठमाडौं क्षेत्रपाटी बस्दै आएका ३८ वर्षीय रगुन खड्केलाई पक्राउ गरेको हो।
सीआईबीका प्रवक्ता तथा एसपी श्यामकुमार महतोका अनुसार उनलाई बुधबार भीमसेनगोलाबाट पक्राउ गरिएको हो। उनले आफ्नो खातामा पर्याप्त रकम नहुँदा समेत ३६ लाख रुपैयाँको चेक काटेर दिएका थिए। रकम नभएका कारण चेक नसाटिएपछि पीडितले अदालतमा मुद्दा हालेका थिए।
उच्च अदालत पाटनले गत वर्षको फागुन ९ गते उक्त मुद्दाको सुनुवाइ खड्केलाई ३६ लाख रुपैयाँ जरिवाना र ७ दिनकै कैद सजाय सुनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।