काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले एमालेप्रति आमजनतामा निक्कै ठूलो आकर्षण रहेको बताएका छन्।
केन्द्रीय कमिटी बैठकमा सहभागी बस्नेतले सञ्चारकर्मीसँग कुरा गर्दै एमालेमा आकर्षण बढ्दै गएकाले पार्टी प्रवेशको लहर नै चलेको दाबी गरे।
‘एमालेप्रति आमजनताको निक्कै ठूलो आकर्षण छ। एमाले प्रवेशको लहर आइरहेको छ,’ बस्नेतले भने, ‘हामी वामगठबन्धन गरेर जाने होइन कि वाम र लोकतान्त्रिक शक्तिलाई प्रवेश गराउने मोडालिटीमा जानु पर्छ। त्यो भावका साथ केन्द्रीय कमिटीमा छलफल भइरहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।