काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले अहिलेसम्म निर्वाचनमा भाग नलिएकाका राजनीतिक दलहरूलाई ३० बैशाखमा तोकिएको स्थानीय तहको निर्वाचनमा भाग लिन आग्रह गरेका छन्।
कपिलवस्तुको चन्द्रौटामा बुधबार सशस्त्र प्रहरी बल नम्बर ५ बिन्ध्यवासिनी बाहिनी मुख्यालयको उद्घाटन गर्दै गृहमन्त्री खाणले मुलुकको विकासमा हातेमालो गर्दै अगाडि बढ्न सबै राजनीतिक दललाई आग्रह गरे। विकासमा हातेमालो गर्न स्थानीय निर्वाचन सहभागी हुनु आवश्यक रहेको उनको भनाइ थियो।
स्थानीय निर्वाचन शान्तिपूर्ण रूपमा स्वतन्त्र र निष्पक्ष तरिकाले सम्पन्न गर्न सरकार लागिपरेको उनले बताए। नागरिकले आफूले उपयुक्त ठानेका प्रतिनिधि छान्न आवधिक निर्वाचन बेलैमा गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
सशस्त्र प्रहरीका अधिकृत र जवानको लामो समयदेखि रोकिएको वृत्तिविकास सुचारु गर्ने तयारीमा सरकार रहेको गृहमन्त्री खाणले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।