काठमाडौं- नेकपा एमालेको सदस्य संख्या ११ लाख पुगेको अध्यक्ष केपी शर्मा ओलीले आकलन गरेका छन्। बुधबार सुरु भएको नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले सो आकलन प्रस्तुत गरेका हुन्।
'हाम्रो ससदस्य संख्या महाधिवेशनमा ८ लाख ५५ हजार थियो,' ओलीले भने, 'अहिले मोटामोटी ११ लाख पुगेको आकलन छ।'
ओलीले अहिले नेकपा एमाले प्रवेश गर्ने लहर चलेको बताए। त्यसैले पार्टीको सदस्य पनि बढेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।