काठमाडौं– प्रजातत्नत्रवादी प्राध्यापक संघ वाल्मीकि एकाइको अधिवेशन मंगलबार सम्पन्न भएको छ। अधिवेशनबाट सहप्राध्यापक मुरलीधर दाहालको अध्यक्षतामा ११ सदस्यीय समिति निर्वाचित भएको छ। डा. मुकुन्द लामिछाने नेतृत्वको समूहलाई पराजित गर्दै दाहालको समूह प्यानलै विजयी भएको हो।
समितिको उपाध्यक्षमा डा. भवानीशंकर अधिकारी, सचिवमा डा. रामप्रसाद पौडेल, सहसचिवमा शान्तरत्न बज्राचार्य र कोषाध्यक्षमा डा. नारायाण निरौला निर्वाचित भएका छन्।
त्यस्तै समितिका सदस्यहरुमा डा. ध्रुवप्रसाद भट्टराई, हीरानन्द तिमल्सिना, रामहरि कोइराला, चिन्तामणि भट्टराई, सुरेशराज पौडेल, नेत्रप्रसाद अधिकारी निर्वाचित भएका छन्।
यसैगरी, केन्द्रीय महाधिवेशन प्रतिनिधिको पनि चुनाव सम्पन्न भएको छ । जसअन्तर्गत दाहाल पक्षबाट १३ जना निर्वाचित भएका छन्।
जसमा अच्युत लामिछाने, अर्जुनबाबु दाहाल, उमेशप्रसाद घिमिरे, कृष्ण रिजाल, डा. गणेशप्रसाद घिमिरे, डा. जयन्त आचार्य, डा. धनेश्वर नेपाल, डा.ध्रुवप्रसाद भट्टराई, नारायणप्रसाद बराल, रामहरि कोइराला, रोदना घिमिरे, डा. शान्तिकृष्ण अधिकारी र सीताराम खतिवडा निर्वाचित भएका छन्।
त्यसैगरी, लामिछाने प्यानलबाट चार जना निर्वाचित भएका छन् । जसमा ध्रुव ज्ञवाली, विमला शर्मा, शम्भुराज गौतम र डा. माधव पाण्डे छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।