काठमाडौं– पाँचतारे होटल हायात रेजेन्सी र याक एण्ड यतीका सञ्चालक राधेश्याम सराफको निधन भएको छ।
सराफको सोमबार राति दिल्लीको मेदान्त अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
सराफले सन् १९६३ मा तिब्बससँगको व्यापारबाट व्यवसाय सुरु गरेका थिए। सन् १९७७ मा काठमाडौंमा याक एण्ड यती होटल सञ्चालन गरेका उनले नेपाल र भारतमा गरी १२ वटा लक्जरी होटल खोलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।