काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संकटमा मुलुकलाई नेतृत्व प्रदान गर्नसक्ने पार्टी कांग्रेसमात्र रहेको बताएका छन्।
ठूला राजनीतिक परिवर्तनको नेतृत्व कांग्रेसले नै गरेका कारण अस्थिरताबाट निकास चाहेको र त्यो कांग्रेसले दिने उनको भनाइ थियो।
बुधबार काठमाडौंको शंखमुलमा 'घर घर जाउँ, कांग्रेस जिताउँ' अभियान अन्तरगत आयोजना भएको भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन्।
देशलाई संकट पर्दा काम गर्न नसक्ने, महत्त्वपूर्ण निर्णय लिनु पर्ने बेलामा ढुलमुले कुरा गर्ने अनि क्रान्तिकारी भाषण दिएर अब जनताले नपत्याउने उनको भनाइ छ।
उनले अझै पनि चुनाव होलार भनेर भ्रम पालेर बसन् नहुने बताए। तोकिएकै मितिमा निर्वाचन हुने भन्दै उनले सक्रिय बन्न कार्यकर्तालाई आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।