काठमाडौं- २५ जना प्रहरी नायव उपरीक्षक(डीएसपी) को काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले अर्को आदेश नभए सम्मका लागि उनीहरुलाई काजमा खटाइएको जनाएको छ।
कार्यालयका अनुसार बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यत डीएसपी अंगुर जिसीलाई जिल्ला प्रहरी परिसर ललितपुरमा सरुवा गरिएको छ।
त्यस्तै केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज काठमाडौंमा कार्यरत डिएसपी कृष्णराज ओझालाई जिल्ला प्रहरी कार्यालय हुम्लामा काजमा खटाइएको छ।
त्यस्तै साइबर व्यूरो साइबर अपराध अनुसन्धान शाखा काठमाडौंमा दरबन्दी रहेका कैलाश राईलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा पठाइएको छ।
को कहाँ पुगे?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।