काठमाडौं- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नेटो देशहरुको बैठकमा नेताहरुलाई सम्बोधन गर्ने भएका छन्।
बिहीबार ब्रसेल्समा हुने यस बैठकमा उनले भर्चुअल रुपमा सम्बोधन गर्ने समाचार एजेन्सी एएफपीले जनाएको छ।
नेटोका एक अधिकारीले बताए अनुसार जेलेन्स्कीलाई भिडियो कन्फरेन्स मार्फत नेताहरुको बैठकमा आफ्नो भनाइ राख्न निम्ता गरिएको छ।
उनका अनुसार यसबाट राष्ट्रपतिको माध्यमबाट रुसी आक्रमणका कारण फसेका युक्रेनी नागरिकको अवस्थाबारे जानकारी हुने छ।
उक्त बैठकमा युक्रेनको आसपास रहेका नेटो देशहरुको सुरक्षालाई थप कडा गर्ने र युक्रेनमाथि रुसको आक्रमणलाई लिएर साझा प्रतिक्रिया दिने विषयमा चर्चा हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।