काठमाडौं– आजका लागि बोलाइएको मधेश प्रदेशको प्रदेशसभाको बैठक पुनः स्थगित गरिएको छ।
प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन भएको जानकारी गराएका हुन्।
यो समेत प्रदेशसभाको बैठक चौथोपटक स्थगन भएको हो। यसअघि गत फागुन २२ गतेका लागि बोलाइएको बैठक चैत ९ गते दिउँसो १ बजेसम्मका लागि स्थगन गरिएको थियो।
त्यसैगरी, फागुन १ गते, १० गते र २२ गतेका लागि बोलाइएको बैठक पनि स्थगन गरिएको थियो।
अबको अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।