काठमाडौं– नेपाल राष्ट्र बैंकले नाफा कमाउने फर्म तथा कम्पनीले पुनर्कर्जा लिन नयाँ नियम बनाएको छ। पुनर्कर्जा कार्यविधि २०७७ को चौथो संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो।
संशोधित कार्यविधिमा कुनै पनि फर्म वा कम्पनीले पुनर्कर्जा प्राप्त गर्न पछिल्लो २ आर्थिक वर्षमा औसत ३ प्रतिशत भन्दा बढी रिटर्न अन इक्विटी हुन नहुने व्यवस्था गरेको छ।
यसअघि २० प्रतिशतसम्म आरओई हुने कम्पनीले पुनर्कर्जाको लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।
संशोधनमार्फत् राष्ट्र बैंकले यसअघि पुनर्कर्जा सुविधा प्राप्त गरेका व्यवसायीलाई फेरि पुनर्कर्जा दिन समेत रोक लगाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।