काठमाडौं– बलात्कार आरोप लागेका कलाकार पल शाहका म्यानेजर कृष्ण जोशीबाट ज्यान मार्ने धम्की खेपेकी दुर्गा अधिकारीले आफूलाई ५० लाख रुपैयाँसम्मको अफर गरिएको भन्दै बयान दिएकी छिन्।
पीडित नाबालिगको नराम्रो खबरहरु बुझाउनुपर्ने र त्यसका लागि ५० लाख रुपैयाँसम्म दिने अफर आएको उनले बताएकी छिन्।
अधिकारीले दिएको बयान यस्तो छ :
म गत साउन महिनामा घुम्न भनी काठमाडौं गई करिब २१ दिन पीडित नाबालिकाको कोठामा बसेको थिएँ। कोठामा बस्दा पीडितले आफूलाई प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले पटक पटक जबर्जस्ती करणी गरेको भनी बताएकी थिइन्।
अर्का प्रतिवादी कृष्ण प्रसाद जोशीले मलाई तिमीले पीडित नाबालिका कँहा जान्छे, कोसँग के कस्तो कुरा गर्छे, त्यसको बारेमा नराम्रा खबरहरू बुझेर हामीलाई खबर देऊ तिमीलाई ५० लाख रुपैयाँसम्म रकम पूर्ण विक्रम शाहबाट दिलाईदिन्छु भनेका थिए।
त्यसैगरी, म्युजिक भिडियो खेल्ने अवसर पनि दिन्छु भनी आश्वसन देखाइएको थियो। मैले जोशीले भने अनुसारको काम नगरेका कारण मलाई आक्षेप लगाई धम्की दिई म्यासेज पठाएका थिए।
नाबालिकालाई जबर्जस्ती करणी गर्न व्यवस्था मिलाइदिने र जबर्जस्ती करणी गर्ने दुवैलाई कानुन बमोजिम अधिकतम सजाय हुनु पर्दछ भन्ने मेरो माग छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।