काठमाडौं– साप्ताहिक कारोबारको तेस्रो दिन आज (मंगलबार) सेयर बजार दोहोरो अंकले बढेको छ। मंगलबार सेयर बजार परिसूचक (नेप्से) १२.५४ अंकले बढेर २६४७.२० विन्दूमा पुगेको छ।
यस्तै, ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि मंगलबार २.०६ अंकले बढेर ४९८.३६ विन्दुमा पुगेको छ।
मंगलबार सेयर बजारमा कूल २ अर्ब ५१ करोड ८८ लाख रुपैयाँको कारोबार भयो।
कारोबारमा आएकामध्ये मंगलबार १०६ कम्नपीको सेयरमूल्य बढ्यो भने ७७ कम्पनीको मूल्य घट्यो। यस्तै, १० कम्पनीको सेयरमूल्य स्थिर रह्यो।
मंगलबार ट्रेडिङ बाहेक सेयर बजारका सबै समूहको उपसूचक उकालो लाग्यो। ट्रेटिङ (व्यापार) समूहको उपसूचक भने २६.५३ अंकले ओरालो लाग्यो।
मंगलबार इमर्जिङ नेपाल कम्नपीको सेयरमूल्य ९.९९ प्रतिशतले बढ्यो। केही दिनदेखि निरन्तर बढिरहेको कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६२८.८० रुपैयाँ पुगेको छ।
यस्तै, राष्ट्रउत्थान लघुवित्तको ६ र नेपाल लाइफ इन्स्योरेन्सको मूल्य ५ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा प्रभु इन्स्योरेन्स (संस्थापक समूह), नेपाल टेलिकम, शिवम् सिमेन्ट, ज्योति विकास र जीवन विकास लघुवित्त क्रमश: अगाडि रहे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।