काठमाडौं- अभिनेत्री करिष्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छिन्। केही वर्षअघि डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतितिर लागेकी उनी बीचमा निष्क्रिय रहिन्।
तीन दशकदेखि नेपाली कला क्षत्रमा सक्रिय मानन्धरले ‘कमरेड’ बन्न रातो पहिरन रोजिन्। कम्युनिस्टहरुको 'लाल' रङलाई पहिरनमा अपनाउँदै उनले कम्युनिस्ट भएको संकेत गरेकी हुन्।
कला क्षेत्रमा सक्रिय भएर आर्जेको फेसन सेन्सलाई उनले राजनीतिमा पनि निरन्तरता दिएकी हुन्। बबरमहलस्थित कार्की बैक्वेंटमा आयोजित कार्यक्रममा करिष्माले आफू अध्यक्ष केपी शर्मा ओलीको ऊर्जाबाट 'ताज्जुब' भएको बताएकी छिन्।
एमालेले प्रतिपक्षका रुपमा निर्वाह गरेको सशक्त भूमिका र यसले परिवर्तनका लागि गरेको योगदानले पनि यतातिर लाग्न प्रेरित गरेको मानन्धरले बताइन्।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।