काठमाडौं- पल शाहविरुद्ध जबरजस्ती करणीको अभियोगमा दोस्रो मुद्दा दर्ता भएको छ।
मंगलबार जिल्ला अदालत तनहुँमा शाह विरुद्ध बलात्कार मुद्दा दर्ता भएको हो। यसअघि उनीविरुद्ध पूर्वी नवलपरासीमा सोही अभियोगमा मुद्दा दर्ता भएको थियो।
नाबालिगमाथि बलात्कार गरेको अभियोगमा परिवारले जाहेरी दर्ता गरेको थियो। जाहेरी दर्ता भएपछि शाह जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका थिए।
उनीमाथि १४ वर्षसम्मको जेल सजाय र जरिवानाको माग अभियोगपत्रमा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।