काठमाडौं–बिस्फोटक पदार्थसम्बन्धी घटनामा नत्रेविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता मणिक लामासमेत जोडिएका छन्।
बिस्फोटक पदार्थसम्बन्धी घटनाको विशेष ब्यूरोले अनुसन्धान गर्दै जाँदा लामासम्म जोडिएको पाइएको हो।
लामा समेत बिस्फोटक घटनामा जोडिएपछि विशेष ब्यूरोको टोलीले उनलाई पक्राउ गरेर काठमाडौं प्रहरीलाई बुझाएको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरीका अनुसार लामामाथि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेर अनुसन्धान गरिएको थियो।
अनुसन्धान सकेर गत शुक्रबार काठमाडौं जिल्ला अदालतमा फाइल समेत पेस भइसकेको छ। उनीमाथिको थुनछेक बहस जारी रहेकाले लामा अहिले प्रहरी हिरासतमै छन्।
तीन साताअघि नै लामालाइ भक्तपुरबाट पक्राउ गरिएको थियो। उनी एमाले सांसद नवीना लामाका बुवा हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।