काठमाडौं– मंगलबार सुनचाँदीको मूल्य बढेको छ। केही दिनदेखि उतरचढाव देखिएको सुनको मूल्य आज पुनः प्रतितोला एक लाख रुपैयाँ नाघेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८०० रुपैयाँले उकालो लागेको छ भने चाँदी पनि तोलामा २० रुपैयाँले बढेको छ।
आज छापावाल सुन प्रतितोला १ लाख ३ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ। यस्तै आज तेजाबी सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस अघि चैत १ गते, सुनको मूल्य एक लाख माथि कारोबार भएको थियो। यसअघि सोमबार पनि सुनको मूल्य ३ सय रुपैयाँले बढेर प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो।
मंगलबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । यस दिन चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला १३ सय ९५ रुपैयाँमा पुगेकोे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।