काठमाडौं- एनआरएनएका संरक्षक शेष घलेकाे कार्यक्रममा पुगेका अर्थमन्त्री जनार्दन शर्माले एनआरएनमा नेपाली राजनीतिकाे राेग सरेकाे संकेत पाएको बताए।
संरक्षकले निम्तो गरेर आफू कार्यक्रममा आएकाे तर यहाँ पुगेपछि संस्थामा दरार आएकाे थाहा पाएको उनले बताए।
उनले संरक्षक घलेलाई नमिलेको कुरा मिलाएर फुट्न नदिन आग्रह गरे। उनले भने, `नेपाली राजनीतिकै राेग तपाईंहरूमा सरेकाे जस्ताे छ। यहाँ पनि संविधान मिच्ने काम हुन्छ। त्यहाँ विधान मिच्ने काम भएकाे सुन्छु। विधानअनुसार चल्नु राम्रो हाे।´
संरक्षकले निमिलेका कुरा मिलाएर अघि बढ्न आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।