काठमाडौं- अफगानिस्तानका पूर्व अर्थमन्त्री अमेरिकामा अहिले ट्याक्सी चलाइरहेका छन्।
द वासिंगटन पोस्टका अनुसार पूर्व अर्थमन्त्री खालिद पाएन्दा अमेरिकी सडकमा ट्याक्सी चलाइरहेका छन्।
पाएन्दाले एक समय अफगानिस्तानमा अर्थमन्त्रीको रुपमा ६ बिलियन डलरको बजेट प्रस्तुत गर्थे तर उनी अहिले अमेरिकामा उबर क्याब चलाइरहेका छन्।
वासिंगटन पोस्टसँग कुरा गर्दै उनले ६ घण्टा काम गर्दा करीब १५० डलर कमाइ भइरहेको बताएका हुन्।
पाएन्दाले अफगानिस्तानको राजधानीमा तालिबानले कब्जाको एक हप्ता पहिला प्रधानमन्त्री अशरफ घानीसँग विग्रदो सम्बन्धका कारण पदबाट राजीनामा थिएका थिए। सरकारले पक्राउ गर्न सक्ने डरले उनी देश छाडेर परिवारका साथ अमिरिका गएका थिए।
वासिंगटन पोस्टलाई दिएको अन्तर्वार्तामा उनले सम्झौता गर्न परे पनि परिवारको साथमा रहेको र काम गर्न पाएकोमा खुसी व्यक्त गरे।
अफगानिस्तानको अहिले अवस्थामा आउनुमा अमेरिको दोषी भएको उनको भनाइ छ। अमेरिकाले सेना फिर्ता गर्का कारण तालिबानले देश कब्जा गरेको उनी बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।