काठमाडौं– रुसले आक्रमण गरेपछि अहिलेसम्म युक्रेनबाट झण्डै ३५ लाख मानिस विस्थापित भएका छन्।
राष्ट्रसंघीय निकायले सोमबार सार्वजनिक गरेको प्रतिवेदनका अनुसार विस्थापित भएका अधिकांश छिमेकी मुलुकमा पुगेका छन्।
त्यसैगरी, करिब एक करोड मानिस भने आन्तरिक रुपमा विस्थापित भएको राष्ट्र संघको भनाइ छ। उनीहरु यूक्रेन भित्रकै एक ठाउँबाट अर्को ठाउँमा गएर लुकेको पाइएको समाचारहरुमा उल्लेख छ।
संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरले ३४ लाख ८९ हजार ६४४ युक्रेनी नागरिक विस्थापित भएको उल्लेख गरेको हो।
युक्रेनमा छिमेकी ठूलो मुलुक रुसले गत फेब्रअरी २४ देखि आक्रमण गरेको हो। आक्रमण र वार्ता अहिले पनि जारी छ। तर वार्ताले नतिजा दिन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।