काठमाडौं– दयाहाङ राईको निर्देशनमा ७ वर्षअघि प्रदर्शन भएको नाटक ‘मितज्यू’ आजबाट फेरि प्रदर्शन हुँदैछ। थापागाउँ स्थित मण्डला थिएटरमा नाटकको प्रदर्शन हुने भएको हो।
सोमनाथ खनालको लेखनमा रहेको नाटकलाई विगतमा भन्दा केही परिमार्जनसहित पुनः मञ्चन गर्न लागिएको हो। केही महिनाअघि पुनः मञ्चन गरिएको नाटक नाटक यसअघि कोरोना महामारीको संक्रमणका कारण रोकिएको थियो। त्यसैले, नाटकलाई फेरि आजबाट प्रदर्शन गर्न लागिएको मण्डला थिएटरले जनाएको छ।
नाटकमा बुद्धि तामाङ, विजय बराल र सिर्जना सुब्बाको मुख्य अभिनय रहेको छ। मितेरी साइनोको कथा भन्ने नाटकलाई ७ वर्ष अघिभन्दा केही परिमार्जनसहित प्रदर्शन गर्न लागिएको हो।
नाटकमा पञ्चायत शासनकालको समयमा दुई पुराना साथीहरुको दृष्टिकोणबाट वर्तमान नेपालको कथा भनिएको छ। नाटक ‘ट्राजि–कमिडि लभ स्टोरी’ विधामा आधारित रहेको छ।
मंगलबारबाट मञ्चन सुरु भएको नाटक हरेक दिन बेलुकी ५ बजे प्रदर्शन हुनेछ। नाटक १३ गतेसम्म चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।