कठमाडौं– निर्वाचन आयोगले ल्याएको पुनः उम्मेद्वार हुन राजीनामा दिनुपर्ने आचारसंहिताविरुद्ध परेकामे रिटमाथि सर्वोच्च अदनलतमा आज सुनुवाइ हुँदै छ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आयोगको आचारसंहिता संविधान र कानुन विपरित रहेको दावी गर्दै आइतबार रिट दिएका थिए।
उक्त रिट सोमबार दर्ता भएको थियो। उक्त रिटमाथि आज एकल इजलासमा सुनुवाइको पेसी तोकिएको छ।
सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा उक्त व्यवस्था लागु हुनवाट रोकिनेछ।
सर्वोच्चले अन्तरिम आदेश नदिएमा हालका प्रतिनिधिले पुनः उम्मेद्वार बन्न चाहेमा पदबाट राजीनामा दिनु पर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।