काठमाडौं- चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पर्सा जिल्लाको पर्सागढी नगरपालिका–९ बस्ने २५ वर्षीय मनोज कुमार रहेका छन्।
वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बा प्र ०३–०१–००६ ख १५१७ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नाढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो। उनको साथबाट ५०० ग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।